सञ्चारकर्मी सुरेन को नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजानिक

काठमाडौँ । गायक तथा सञ्चारकर्मी सुरेन भण्डारीको नयाँ गीत “ओई सुवा” युटुबमा सार्वजानिक भएको छ । गायक भण्डारीको यस अघि पनि थुप्रै हिट गीतहरु बजारमा आइसेकका छन् ।

सुदुरको चेलो सुरेन देश विदेशमा आयोजना हुने विभिन्न कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै आएका छन् । बिशेषगरी सुदुरकै परिवेशमा रहेर गीत गर्दै आएका उनले अब भने बजारको माग बमोजिम सबै खाले गीतहरु बजारमा ल्याउने बताएका छन् ।

अहिले आफु सुदुरपश्चिमको कला संस्कृति गीतको माध्यमबाट जोगाउन लागि परेको उनको भनाई छ । आफुले यसरी व्यवसायिक भन्दा पनि आफ्नो भाषा संस्कृतिलाई जोगाउने उद्देश्यले लागि पर्दा पनि कतैबाट साथ सहयोग नपाएकोमा उनले दुखेसो पोखेका छन् ।

नजिकको तीर्थ हेला भने जस्तै देशका अन्य विभिन्न ठाउँहरुमा कार्यक्रम हुदाँ सम्झने गरेको तर आफ्ना सुदुर भेगका आयोजकको नजरमा नपर्दा दुःख लाग्ने उनले बताएका छन् ।

बजारमा आएको यस “ओई सुवा” गीतमा शव्द, संगीत एवं स्वर गायक सुरेनकै रहेको छ । गीतको भिडियोमा स्वंय आफु पनि मोडलको रुपमा फिर्चड छन् । उनलाई भिडियोमा मोडल सुस्मीता खड्काले साथ दिएकी छिन् भने म्यूजिक भिडियोको निर्देशन गौरब गिरीले गरेका हुन् ।