गायक कृष्ण काईदाको “निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीत बजारमा (भिडियो सहित)

हङकङ । गायक कृष्ण काईदाको”निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”को कभर गीतको भिडियो बजारमा आएको छ । हङकङ निवासी काईदाले व्रिटिस फोर्स ब्रोडकाष्ट सर्भिस ()मा सबै लाहुरे समुदाय तथा नेपालीहरुको मन जित्न सफल चार दशक पूरानो गीतलाई कभर गीतको रुपमा प्रस्तुत गरेका हुन् ।

कृष्ण काईदाको स्वरमा रहेको कभर गितको बाद्यवादनमा हङकङका स्थानिय कलाकारहरु भीम पुन (पूर्व नेपथ्य ड्रमर),रक डोजान लिम्बु, कुल गुरुङ र रोशन थापाको साथ रहेको छ भने प्रविधिमा मीन विष्ट,कुमार थापा, विनोद मेख्खु र दिनेश सुव्वा (हिमालय टोन्स हङकङ) को सहयोग रहेको छ । यसअघि पनि कृष्ण काईदाले अरुण थापाको “कतै टाढा तिमीबाट” गित कभर गितको रुपमा गाईसकेका छन् ।

“निष्ठुरी भन्छ्यौ किन मेरी मायालु”गित पोखरा रामवजार घर भएका भुपू व्रिटिस आर्मी देव गुरुङको शब्द, स्वर र संगितमा रहेको छ ।