विनितराज शर्माको नेतृत्वमा नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको नयाँ कार्यसमिति

१४ मार्च, मेलबर्न, अष्ट्रेलिया । मेलबर्नमा आयोजित नेपाली जन सम्पर्क समिती अष्ट्रेलियाको दोस्रो साधारणसभा तथा महाधिबेशनले कार्यवाहक अध्यक्ष विनित शर्मालाई अर्को कार्यकालको नेतृत्व प्रदान गर्दै नयाँ नेतृत्व चयन गरिएको छ ।

सर्वसम्मतिले बनाइएको नयाँ कार्यसमितिको उपाध्यक्षमा विनोद लामा, सचिवमा निदेश बन्जारा, सहसचिवमा कमल लामिछाने, कोषाध्यक्षमा सोभित प्रधान, जनसम्पर्क अधिकृतमा प्रकाश थापा चुनिएका छन् भने सदस्यहरुमा सविना वाग्ले, पारु कँडेल, किसान कँडेल, सविन धिताल, ज्ञानेन्द्र उप्रेति, प्रकाश चालिसे, नरेश रावल, यज्ञ जोशी, सन्तोष पाण्डे, कोपिला सापकोटा, एकराज बस्नेत, जनन्नाथ फुँयाल, सुमन्यु थापा, तिलक सापकोटा, अर्जुन खनाल, संन्दिप बोगटी, दिपेन हमाल, नेत्र प्रसाद ज्ञवाली रहेका छन् ।

साधारणसभाले दुर्गा आचार्य, सोमप्रसाद गुरुङ, नारायण काफ्ले, सुरेश पोखरेल, देवेन्द्र बस्नेत, आशिष पाण्डे र कमल गैरे रहेको संरक्षक समिति पनि बनाएको छ भने गणेश पौडेल, रमेश कार्की, लालप्रसाद कँडेल, बुद्धि सापकोटा, राम कँडढेल, हरि भुसाल, प्रकाश आचार्य र गोपाल काफ्ले रहेको सल्लाहकार समिति पनि चयन गरेको छ ।

नयाँ नेतृत्व चयनका लागि दुर्गा आचार्य, सोमप्रसाद गुरुंग र देवेन्द्र बस्नेत नेतृत्वको निर्वाचन समिति बनाइएको थियो ।

कार्यक्रममा जनसम्पर्क समिति न्यूसाउथवेल्सका उपाध्यक्ष प्रदिप पाठक, जनसम्पर्क समितिका सोमप्रसाद गुरुङ, एनआरएन आईसीसी सदस्यहरु दुर्गा आचार्य, नारायण काफ्ले, एनआरएन अष्ट्रेसलियाका अध्यक्ष केशव कँडेल, उपाध्यक्ष प्रेम कँडेल, महासचिव डा. ज्ञानेन्द्र रेग्मी, प्रवक्ता नन्दु गुरुङ, युवा संयोजक ईर्साद एहमद, पूर्व अध्यक्ष टोनु घोताने लगायत बिभिन्न ब्यक्तिले शुभकामना दिँदै साधारणसभाको सफलताको कामना गरेका थिए । वक्ताहरुले समूदायलाई जोड्ने कार्यमा जनसम्पर्क समिति अष्ट्रेलियाले खेलेको भूमिकाको प्रसंसा गर्दै आगामी दिनमा अझ बढी कृयाशील हुन सुझाव पनि दिएका थिए ।