सचिन परियार भाइरल भयपछि पहिलो पटक स्टेज चढे , आफ्नै बाबुलाई कलौटे भनेर यसरी जिस्काए (भिडियो)

असाध्यै पढ्न मन छ तर घरको अबस्था निकै क`मजोर छ त्यसैले पढ्न छाडेर बसेको छु हजुर । कुनै बेला सचिन परियारले आफ्नो अन्तरवार्तामा आफुले आर्थिक अभावका कारण बिचैमा पढाई छाड्नु परेको दु:खेसो गरेका थिए ।
आफुसगं अथाह प्रतिभा भएपनि उनीसगं न त प्रस्तुत गर्ने माध्यम थियो न त व्यक्त गर्ने साधननै । उनीसगं भएको प्रतिभाका साथै विचैमा पढाई छाड्नु परेको भिडियो विभिन्न सञ्चार माध्यममा आयो । गुल्मीका सचिन परियारको प्रतिभा देखेर ईन्द्रेणीका कृष्ण कडेंलले काठमाण्डौ लिएर आउन आग्रह गरे । गुल्मीका पत्रकारहरु मोहन बस्नेत, जीवन पाण्डे, दिपक नेपाली लगायतका पत्रकारले उनलाई काठमाण्डौको ईन्द्रेणीसम्म पुर्याए । ईन्द्रेणीमा उनले देखाएको प्रतिभापछि सचिनले पछाडी फर्केर हेर्नुपरेन ।

९ वर्षकै उमेरमा आफ्नो प्रतिभाका कारण भाईरल सचिनलाई यतिबेला गीतसगींत र विभिन्न टेलिश्रृङ्खलाहरुमा प्रस्तुती दिनका लागि भ्याई नभ्याई छ । यसका अलबा उनले पढाई पनि गरिरहेका छन् । उनको सबैभन्दा ठुलो पढ्ने सपना पुरा भएको छ । काठमाण्डौको हिमाली बोर्डिङ् स्कुलमा पढ्दै गरेका उनले आन्तरिक परिक्षामा विद्यालय नै टप गर्न सफल भएका छन् । एल.केजीमा अध्ययनरत उनले सबै विषयमा १०० अकं ल्याई विद्यालय प्रथम भएका हुन् । गीतसगींत मात्रै नभएर उनको पढाई प्रतिको लगनशीलता पनि नतिजाले देखाएको छ । उक्त विद्यालयमा ईन्द्रेणीका बाल कलाकार मिलन टमाटा, तिर्थ राज घिमिरे लगायतले पनि पढ्दै आएका छन् । ईन्द्रेणीले आफ्ना ३ जना बाल कलाकारहरुले नै विद्यालयमा राम्रो अकं ल्याई अध्ययन गरेमा र विद्यालय वा क्लास प्रथम भएमा विद्यालयलाई ५० हजार पुरस्कार दिने तैयारी पनि गरेको छ । विद्यालयका प्रिन्सिपल नेत्र प्रसाद उपाध्यायले सचिनको पढाई देखेर उक्त पुरस्कार पाउने आशा बढेको बताउनुभयो । सचिन परियार हप्ताको ४/५ दिन मात्रै विद्यालय जाने गरेका थिए । प्राय अन्य समयमा सुटिङ र गीतसगींतमै व्यस्त रहने सचिनले विद्यालय नै प्रथम हुन सफल हुनुले उनको क्षमता उच्च स्तरको छ भन्ने प्रमाणित भएको उहाँले बताउनुभयो ।

ईन्द्रेणीकै सहयोगमा उक्त स्कुलमा पढ्दै आएका सचिन आफुले क्लास टप गर्न सफल भएकोमा खुसी व्यक्त गरे । त्यस्तै उनका बाबु तेजेन्द्र परियार पनि छोराको प्रगतीप्रति खुसी नहुने कुरै रहेन । बाबु तेजेन्द्रले अहिले काठमाण्डौमै बसेर सचिनको स्याहारसुसार गर्दै आएका छन् । विद्यालय पठाउने ल्याउने देखि विभिन्न सुटिङको समय व्यवस्थापन गर्ने काम समेत तेजेन्द्रले गर्दै आएका छन् । आर्थिक अभावका कारण २ कक्षासम्म पढेर पढाईलाई बिचमै विश्राम गरेका उनको पढ्ने सपना त पुरा भयो नै सानै उमेरमा यति ठुलो सफलता देखेर अहिले सबैलाई चकित पारेका छन् । सचिनका हरेक गीतसगींत दर्शक श्रोताले निकै रुचाईदिएका छन् । उनले मेरी बास्सैमा समेत अभिनय गरिसकेका छन् । बालक अवस्थामै उनको विलक्षण कला सगैं उनको आर्थिक अवस्था देखेर ईन्द्रेणी समुहले उनलाई पढाउने निणर्य गरेको थियो । अहिले उनी ईन्द्रेणी समुहसगैं बस्दै आएका छन् । सचिन परियारले विद्यालय प्रथम भएको खबरले ईन्द्रेणीका सञ्चालक कृष्ण कडेंलले पनि खुसी व्यक्त गर्नुभएको छ । उहाँले आफुहरुले जुन सपना देखेर सचिनलाई ईन्द्रेणीमा ल्याएको हो त्यो सपना पुरा हुन लागेको बताउनुभयो । त्यस्तै उक्त विद्यालयमा पढ्ने ईन्द्रेणी समुहका अन्य बाल कलाकारले पनि यसै गरी अध्ययन गरी आफ्नो नाम उच्चो गराउन आग्रह गर्नुभयो । भिडियो हेर्नुहोस् :