‘अल्टिमेट रेश्लिङ्ग इन्टरटेनमेन्ट’ बाट ओएसनेपाल डाईरेक्टर एचबी ताम्राकार सम्मानित

स्कटनेपाल,

अल्टिमेट रेश्लिङ्ग इन्टरटेनमेन्ट—Ultimate Wrestling Entertainment (UWE)बाट ओएसनेपाल का अन्तराष्ट्रीय डाईरेक्टर एचबी ताम्राकार सम्मानित हुनु भएको छ ।

युडब्लुई की डाईरेक्टर तथा फागुन २२ गते को भारत संगको अन्तराष्ट्रीय स्तरको रेस्लीङ्मा विजयी रेस्लर मुना श्रेष्ठले आज सम्मान पत्र एचबी ताम्राकारकै भाई अर्थात सामाजिक अभियानता राजेन्द्र ताम्राकारलाई हस्तांतरण गरेकी हुन् ।

मिसन नेपालका संस्थापक अर्थात बरिष्ठ सल्लाहाकार, पूर्व डीएसपी समेत रहेका कृष्ण बहादुर शर्मा र मिसन नेपालका अध्यक्ष तथा सामाजिक अभियानता जेरी ताम्राकार को विशेष उपस्थिति का विचमा यो सम्मान पत्र जापानबाट संसक्त रुपले पत्रकारिता, समाजिक कार्यमा सक्रिय ओएसनेपाल का डाईरेक्टर एचबी ताम्राकारलाई अत्यन्तै महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै मायाको चिनो आज हस्तांतरण गरिएको मुना श्रेष्ठ ले जानकारी दिएकी हुन् ।

मायाको चिनोमा लेखिएको छ — अल्टिमेट रेश्लिङ्ग इन्टरटेनमेन्ट द्धारा आयोजित मेघा इभेन्ट च्याम्पिएनशिप लाई सफलताकासाथ सम्पन्न गर्न तन मन देखी सहयोग र हौसला प्रदान गरिदिनुहुने ,तपाई श्री ओएसनेपाल डाईरेक्टर एचबी ताम्राकार ज्यु लाई मनैदेखी हार्दिक आभार व्यक्त गर्दै सम्झना स्वरुप यो मायॉंको चिनो प्रदान गर्दछौ ।

सम्मान पत्रमा तत्कालीन प्रधानसेनापति रुक्माङगद कटुवाल र रेस्लर मुना श्रेष्ठ को हस्ताक्षर रहेको छ ।