हेमन्त शर्मा र समिक्षा अधिकारीको स्वरलाई दर्शकले अत्याधिक रुचाए

सुदिप गौतम। बुटवल –

“हेल्लो सिस्टर हेल्लो सिस्टर यो बाटो कहा जानी होला जान्नी सुन्नी हजुरलाई थाह होला ’’ पछिल्लो समय यो गीत निकै रुचाईएको छ। टिकटक देखि युट्युबमा हिट भएको छ यो गीत यतिबेला। लोक प्रिय गायक हेमन्त शर्मा र पछिल्लो पुस्ताकी चर्चित गायिका समिक्षा अधिकारीको आवाजमा यो गित बजारमा आएको हो। गीतलाई दर्शक श्रोताले एकदम रुचाएका छन। यो गीत गायक हेमन्त शर्माको आफ्नै युट्युब च्यानल “हेमन्त शर्मा “बाट डिजिटल बजारमा आएको छ।

यो समाचार तयार पार्दा सम्म ४ लाख ४९ हजार भन्दा बढी पटक हेरिएको छ। भने गीतलाई २३ सय भन्दा भन्दा धेरै प्रतिक्रिया आएको छ। गीतले पाएको माया देखेर गायक हेमन्त शर्मा पनि खु :शि छन। गीतको शब्द संगीत हेमन्त शर्माले नै गरेका छन भने एरेन्ज बि बि अनुरागिले गरेका छन। श्याम स्वयत रसाईलीको (अडियो )सम्पादनले झनै आकर्षक बनाएको छ। गीतमा चर्चित नायक पल शाह , रियासा दाहाल , र गरिमा शर्माले गरेको अभिनयलाई पनि दर्शक श्रोताले निकै राम्रो प्रतिक्रिया दिएका छन। निर्देशक शिब बिकले पल रियासा र गरिमालाई आफ्नो कोरियोग्रामिमा मजाले नचाएका छन। स्कुले लुगामा गरिमा र रियासालाई निकै राम्रो देखिएको प्रतिक्रिया दर्शकले गरेका छन। यो गीतलाई पनि शिब बिकले निर्देशन गरेका छन ।

पल संगको सहकार्य फाप्यो हेमन्तलाई म्युजिक भिडियोका किङ् भनेर चिनिने नायक पल शाहलाई सुटिंङ्गको सेड्युल बनाउन मुस्किलनै पर्छ। पल यतिबेला अत्याधिक व्यस्त छन। गायक हेमन्त शर्माको गुडेको रेलपानीमा पुष्प खड्का र पल शाह संगै केकी अधिकारि संग काम गरेका थिए। गुडेको रेल पनि गीतले हेमन्तलाई अत्याधिक व्यस्त बनायो। गुडेको रेल भन्दा अघि उनले “हुन्न हुन्न “भन्ने गीतमा पल संग काम गरिसकेका थिए। केहि महिना अघि उनले गायिका एलिना चौहान संग तिमी बाहेक मेरो कोहि छैन गीत गाएका थिए उक्त गीतमा पल शाह र रियासा दाहालले अभिनय गरेका थिए। गीतले पनि अत्याधिक सफलता पायो। करिब ५० लाख भन्दा बढी पटक यो गित हेरिएको छ। सोहि गीतको सफलताका कारण उनले पल र रियासा संगै फेरी पनि सहकार्य गरेका छन |