१७ वर्षिय युवालाई भारतीय गाडीले हानेर सडक दुर्घटनामा परे पछी भयो यस्तो बिजोग, आम श्रीमती मिडियामा , मार्मिक भिडियो सहित

गैंडाकोट नगरपालिका वडा नं ९ की भिममाया आलेको शिरमा त्यतिबेला कालो बादल मढारिए झैं भयो, जतिबेला उनले आफ्नो १७ वर्षिय छोरा सडक दुर्घटनामा परेको सुनिन् । गएको पुस १ गते बिहान साढे ९ बजेतिर जागिर खान जाने भनेर भिममाया आलेको छोरा शिशिर आले साथीको बाईकमा बसेर घरबाट निस्किए । जागिरकालागि यो शिशिरको पहिलो दिन थियो । तर उनि कार्यालय पुग्न सकेनन् । सर्भिस रोडबाट हाईवेमा प्रबेस गर्नासाथ उनि दुर्घटनामा परे । बुटवलबाट नारायणगढ तर्फ जाँदैगरेको तिब्र गतिको भारतिय ट्रकले ठक्कर दिँदा दुर्घटना भएको थियो । उनि मोटरसाईकलको पछाडी बसेका थिए । ट्रकको ठक्करले उछिट्टिएका शिशिरको मेरुदण्ड भाँचियो । तर मोटरसाईकलका चालकलाई भने केही हानी भएन । मोटरसाईकल चलाउने टेक बहादुर थापा शिशिरका छिमेकी हुन् । दुर्घटना पछि उनलाई उपचारको लागि भरतपुरको सिएमसी हस्पिटल लगियो । सिएमसीमा सिटिस्क्यान नभएपछि पुरानो मेडिकल हस्पिटलमा लगियो ।

दुर्घटनाको खवर सुनेर छाँगाबाट खसेजस्तै भएकी शिशिरकी आम भिममाया आले छोरा भेटन पुरानो मेडिकल हस्पिटल गईन् । आमालाई देख्नेबित्तिकै शिशिरले ‘आमा ! आज म बेक्कारमा काममा जान खोजेको, नगएको भए यस्तो हुने थिएन है’ भने । पिडाले छट्पटिएको छोराको मुखबाट त्यस्तो शब्द सुनेकी आमाले भनिन् – ‘यस्तो घटना घट्छ भन्ने थाह भएको भए मैले पो कहाँ पठाउँथें र ?’ हस्पिटलभित्र भएका आमा छोराका उपरोक्त सम्बादहरु चलिरहँदा शिशिरलाई अचानक श्वासप्रश्वासमा समस्या देखियो । डाक्टरहरुले पनि शिशिरको अवस्था गम्भिर बन्दै गएको जानकारी दिए । छोरोको यो अवस्था देखेर आमा भिममाया र बुवा टंकलाल आलेको मन काँम्न थाल्यो । उनिहरुको मनमा छटपटि भयो ।

यसैबीच शिशिरलाई हस्पिटलमा भर्ना गरेको दोस्रो दिन डाक्टरहरुले रातभरीमा सुधार हुन नसके केही भन्न नसकिने जवाफ दिए । जसरीपछि छोरालाई सन्चो बनाउनुपर्छ भनेर आमा भिममाया र बुबा टंकलालले शिशिरलाई राम्रो उपचारको लागि काठमाण्डौको मेडिसिटी हस्पिटलमा लैजाने निधो गरे । एकैछिनमा काठमाण्डौंको मेडिसिटी हस्पिटलमा सम्पर्क भयो । हस्पिटलले काठमाण्डौ बाटै डाक्टरहरु सहित हेलिकप्टर लिएर शिशिरलाई लिन आयो ।

अहिले शिशिर काठमाण्डौको मेडिसिट हस्पिटलमा छन । यहाँ उनको ५१ दिन बितिसकेको छ । उनको उपचारमा अहिले सम्म ४० लाख खर्च भैसकेको छ । भिममायाले आमाले दिएको घडेरी पनि १५ लाख रुपियाँमा बेचिन, गैंडाकोट –९ मा रहेको जग्गा बिकु बचतमा राखेर निकालेको रु १० लाख ऋण पनि उपचारमै सकियो । ईष्टमित्र र छिमेकीले सापटी दिएको थप १५ लाख रुपियाँ पनि सक्कियो । तर छोरा शिशिरको अवस्थामा अझै सुधार आएको छैन ।

शिशिरलाई अहिले निमोनिया र श्वास प्रश्वसको समस्याले पनि गाँजेको छ । यता उपचार खर्च बेहोर्छु भन्ने भारतिय ट्रकका चालक र मालिकहरु ट्रक नै छोडेर भागिसकेका छन् । ट्रक भने ईलाका प्रहरी कार्यालय गैंडाकोटमा छ । तर आम भिममाया आलेको मनभने थिरमा छैन ।

बिग्रदै गरेको छोराको स्वस्थ्य अवस्था र थप उपचारकालागि जुटाउनु पर्ने पैसाका स्रोत नभेटिँदा उनी बिछिप्त भएकी छिन । हस्पिटलको बेडमा छटपटाईरहेको घाईते छोरा शिशिरको थप उपचारकालागि चाहिने रकमको जोहो गर्न नसक्ने अवस्था आएपछि समाजमा रहेका बिभिन्न संघसंस्था, दाताहरु, समाजसेवी, राजनीतिक दलहरु र आम संचारकर्मीहरुसँग उपचारकालागि आवश्यक पर्ने रकम जुटाएर सहयोग गर्न अपिल गरेकी छिन ।
Mukundasen Television को सहयोगमा