रामबहादुर थापा ‘बादल’ मनोनित एमालेको बाग्मती प्रदेश ईन्चार्जमा

काठमाडौं, २८ फागुन । नेकपा (एमाले) को आज बसेको प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली पक्षको केन्द्रीय सदस्यहरुको एकलौटी बैठकले नेकपा माओवादी केन्द्रबाट एमालेमा समाहित भएका रामबहादुर थापा बादललाई वागमती प्रदेशको इन्चार्ज मनोनति गरेको छ ।

बैठकमा सहभागी एक नेताकाअनुसार आजको बैठकले प्रदेश १ मा सुवास नेम्वाङ, प्रदेश २ मा सत्यनारायण मण्डल, गण्डकी प्रदेशमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीमा शंकर पोखरेल, कर्णाली प्रदेशमा मणि थापा र सुदूरपश्चिममा लेखराज भट्ट इन्चार्ज तोकिएका छन् ।