बाहिरियो रोमान्टिक भिडियो: विहेपछि श्रीमानसँगै भाँडा माग्दै अञ्जु पन्त (भिडियोसहित)

काठमाडौ – केही दिन अघि विवाह गरेकी चर्चित गायिका अञ्जु पन्तको विवाह पछिको भिडियो सार्वजनिक भएको छ । उनी वैवाहिक जिवन खुसीसाथ रमाइरहेकी छन् भन्ने उनका भिडियोले देखाउँछ ।

टिकटकमा उनी श्रीमानसंग खुसी साटेको देख्न सकिन्छ । हालै उनको एउटा भिडियो सार्वजनिक भएको छ जसमा श्रीमान थीर कोइरालासंगै भाँडा माझिरहेकी छन् । उनले क्रिश्चियन परम्परा अनुसार विवाह गरेकी हुन्। एक वर्ष देखिको प्रेमलाई विवाहमा परिणत गरेपछि उनीहरुको संगैका तस्बिर र भिडियो सार्वजनिक भएका छन् ।

उनका प्रेमी थिर कोइरालासंग दोस्रो बिहे गरेकी छन् । थिरको पनि दोस्रो विवाह हो । अञ्जुले आफ्नो अफिसियल युट्युबमार्फत त्यसको भिडिओ सार्वजनिक गरेकी हुन्।

गायिका पन्तले इलाम घर भएका कोइरालासँग गत बुधबार दुवै पक्षका परिवारका सदस्य र नजिकका सीमित आफन्तबीच पाटनस्थित चर्चमा विवाह गरेकी हुन्। गायिका पन्तले गायक तथा संगीतकार मनोजराजसँग एक दसकअघि सम्बन्ध विच्छेद गरेकी थिइन्। उनीहरूकी एक छोरी छन्, परितोषिका पन्त।

उनी पनि मोडलिङ क्षेत्रमै प्रवेश गरिसकेकी छन्। छोरीकै विशेष आग्रहमा गायिका पन्तले दोस्रो बिहे गरेको बताइएको छ। एक वर्ष अघिदेखि प्रेम सम्बन्धमा रहेका अञ्जु र थिरबीच पहिलो भेट करिब ६ वर्षअघि भएको थियो।