३५ करोड लगानीमा झापाको झिलझिलेमा वाटर किङ्डम पार्क संचालन , ५० जना लाई प्रत्यक्ष रोजगारी

फाल्गुन २८, झापा / युबराज रेग्मी,
झापाको झिलझिलेमा स्थापित वाटर किङडम पार्क संचालनमा आएको छ । बुधबार देखि सर्वसाधरणका लागि टिकट खुल्ला गरेर पार्क संचालनमा आएको कार्यकारी निर्देशक राजकुमार संग्रौलाले बताएका छ्न ।

पार्कमा पानीबाट मात्र खेलेर मनोरञ्जन लिनसकिने आठ किसिमका खेलहरु खेल्न सकिन्छ । पार्क संचालक संग्रौलाका अनुसार पानीमा खेल्न सकिने खेल हरु अन्तरगत स्विमिङ पुल, वेब पुल, मल्टिलेण्ड स्लाइड, वेब स्लाइड, क्रुसर स्लाइड, सोफालेण्ड स्लाइड र पेन्डुलम स्लाइड रहेका छ्न ।यी सबै खेल हरु बुधबार देखी एकैसाथ संचालनमा आएका छन् ।

बिसेसत बच्चाहरूका लागि किड्स जोन र सिक्स्पा पार्क वाटर किङडम पार्कका मुख्य आकर्षणका केन्द्रहरु हुन । जेष्ठ नागरिकहरुका लागि विश्राम चौतारी पनि पार्कमा निर्माण गरिएको छ। युवायुवतीका लागि पार्कभित्र खान बस्न र पार्क भित्रका दृश्यहरू अवलोकनका लागि विभिन्न संरचनाहरू निर्माण गरिएका छन् । पार्कमा ४५ मिटर लामो सुरुङ मार्ग पनि सञ्चालनमा आएको छ । यसले सबैको मन जित्ने सञ्चालकको भनाइ छ ।

सञ्चालक संग्रौलाले पार्कभित्र भेज र नन भेजका फरक–फरक होटल हरु सञ्चालन गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा भवन निर्माण गरिएको संग्रौलाले बताए । साथै ‘एउटा भवनमा पार्टी प्यालेस र अर्को भवनमा आगन्तुक पाहुनाको लागि आवास संचालन गरिने सञ्चालक संग्रौला बताउछ्न ।

पर्यटनका लागि पूर्व घुम्न आउने पर्यटकहरुलाइ शिवसताक्षी नगरको वाटर किङडम पार्क उत्कृष्ट रोजाइको गन्तव्य बन्नेमा संग्रौला आशावादी रहेका छन् ।शिवसताक्षी नगरपालिकाको प्रमुख पर्यटकीय स्थलहरूमा सताक्षीधाम, चिल्लागढ पोखरी र दोमुखाको नमूना संरचना पार्कभित्रका वालहरूमा देख्न पाइन्छ। विभिन्न समयमा भिन्नभिन्न जातजातिका सास्कृतिक झाँकीहरूका हस्तकलाद्वारा निर्मित चित्रहरु पार्कभित्र आउने सर्वसाधारणले सहजै देख्न सक्नेछन्।

३५ करोड लागत खर्चिएर निर्माण गरिएको यो वाटर पार्कबाट ५० जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पार्कमा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि सञ्चालक सङ्ग्रौलाले पूर्वका घुम्न योग्य इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका पर्यटकीय स्थलहरूमा प्याकेजमा भ्रमण गराउने समेत बताए ।
यसका अलवा भारतका कालिङपोङ, दार्जिलिङ, खर्साङ, मिरिकजस्ता ठाँउ पनि प्याकेजमा घुमाउने योजना संग्रौलाले ल्याएका छन् ।

पूर्व–पश्चिम राजमार्गको झिलझिलेबाट करिब तीन सय मिटर दक्षिणमा रहेको पार्क औपचारिक रुपमा उद्घाटन नभए पनि यतिबेला सर्वसाधारणको घुइँचो लाग्ने गरेको छ। विवाह गर्ने, विभिन्न प्रकारका उत्सव मनाउने, पिकनिक खाने, तालिम, गोष्ठी, सेमिनार र विभिन्न सभा समारोह गर्नका लागि झापामा उपयुक्त ठाउँ वाटर किङडम पार्क रहेको शिवसताक्षी नगरका प्रमुख तथा पार्कका सल्लाहकार समितिका संयोजक चन्द्रकुमार शेर्माले बताए ।

पार्कमा आएर फोटो खिचेर सामाजिक सञ्जालमा राख्ने र भिडियो खिचेर टिकटक बनाउनेको संख्या यतिबेला ह्वात्तै बढेको छ । सञ्चालक संग्रौलाका अनुसार झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, सिराहा, सप्तरी लगायतका जिल्लाबाट सर्वसाधारणहरू आउन थालेका छन् । वाटर पार्कमा जिप फ्लाइग र जिप साइक्लिगको खेल मनोरञ्जन भने नेपालका लागि हाल सम्मकै नया मनोरञ्जनात्मक खेल अन्तरगत रहेको सञ्चालकले बताए ।