भगवान एउटै भक्त अनेक, पूजा फरक फरक ।

जानकी पन्त,
भगवान एउटै भक्त अनेक, पूजा फरक फरक ।। मान्छे एउटै रूप् अनेक, ब्यबहार फरक फरक।। शब्द एउटै अर्थ अनेक, बुझाई फरक फरक।। आँखा एउटै दृष्टि अनेक, नजर फरक फरक।। संसार एउटै लक्ष्य अनेक जुधाई फरक फरक।। बोलि एउटै सुनाई अनेक अनि बुझाई फरक फरक ।। व्यक्ति पिच्छेका ब्यबहार फरक फरक।। जीबन जीउने तरिका अनि रोजाई फरक फरक।। व्यक्तिको खोजाइ अनि भोगाई फरक फरक ।।

अन्तमा, भगवान एक हुनुहुन्छ, केवल तरीका फरक छ। यो व्यक्ति, कास्ट, धर्म र राजनैतिक पार्टीको विभेद केवल गलत मान्छेको सोचाइ र अभिप्राय हो। तर ती मानिसहरू जो भ्रष्ट, विश्वासघात र स्वार्थको लागि जन्मेका हुन्छन् उनीहरूसँग मानवता हुँदैन। त्यस्तै गरी, उच्चशिक्षित र उच्च वर्गका मानिसहरू, यदि उनीहरूको सोचाइ यति छोटो र सस्तो छ भने मेरो विचारमा त्यो मानब होईन।

मानव जीवन हुनु ठूलो कुरा हो। हामी सबै प्राणीहरू ईश्वरको सृष्टि हौं त्यसैले परमेश्वरले हामी सबैलाई प्रेम गर्नुहुन्छ – सबैलाई समान रूपमा हेर्नुहुन्छ। हामी एक दिन मर्नका लागि जन्मेको कुरा तथ्य हो, यसैले जीवनको भाग्य र प्रकृति सबैले स्वीकार्नुपर्दछ। यो व्यक्ति, विचार र छनौटमा निर्भर गर्दछ। तर जसले आफ्नो आत्म सम्मानमा र एक उचित सभ्यतामा रही खराब बानि ब्यभाहार लाई त्यागी सुधारको लागि योगदान र बलिदान दिन्छ मेरो विचारमा त्यहि सहि मानब हो।

पिडामा सम्झिने भगवान् सबैको एक नै भएपनि समुदाय फरकफरक मानिने आदतले पूजा भक्तिमा फरकफरक कुरा पाउँछौं । एउटै आकार प्रकारको मनुष्यमा अनेकता पाउँछौं । हुन त त्यो नै मानवीय आचार अनि गुण हुन् । त्यही भिन्नता नै जीवन रुप हुन् । शब्द बोली भाव एउटै भएपनि प्रस्तुति फरकफरक हुन्छन्, व्यवहार अनेक हुन्छन्। सुनाई अनि फेरि बुझाई अर्कै आभास हुनपुग्छन्। यो मनुष्यका जीवन संगत तर्क हुन्। मनुष्य जीवनलाई विश्लेषण रोजाई, भोगाई अनि लक्ष्यको आधारमा गर्न सकिन्छ ।
#शुभ_दिन सबैमा