विगतका मेरा ३४ वर्ष एउटा सुख्खा रुखले पानी पाएझैँ भयो भन्दै एनिभर्सरीमा श्रीमतीलाई यति धेरै माया दर्शाए दिपक राज गिरिले

काठमाण्डौँ- नेपाली हास्य क्षेत्रका चर्चित कलाकार दिपकराज गिरीले विवाह गरेको ३४ वर्ष पुगेको भन्दै पत्निसहित तस्विर सार्वजनिक गरेका छन् । सँधै अर्की हाँस्य कलाकार दिपाश्री निरौलासँग नाम जोडेर चर्चा भैरहने दिपकले आफ्नो विवाह भएको ३४ वर्ष पुरा भैसकेको भन्दै पत्नि र आफ्नो सेल्फि तस्विर सार्वजनिक गरेका हुन् ।

फेसबुकमा उनले लेखेका छन् :

कति कुरा नभनेर नै मीठा मीठा होलानतर कति कुरा भनिएन भने तीता हुन सक्छन तिमिले मलाइ पायौ ,केबल मलाइ मात्रै पायौ,अनियन्त्रित एक सवारी लाइ सहि बाटोमा ल्यायौ मेरा खुशिलाइ आफ्नै खुशि ठान्यौ ,मेरा दुखमा धेरै ऑशु झार्यौ,तिमिलाइ के भनौ, कसरी भनौ ,तिमि छौ कस्तो आफै खर्चिएर अरूलाइ उज्यालो दिने ,मैनबत्ति जस्तो ….३४ बर्ष पुगेछ संग संगै हिडेको कहि डगमाउन दिइनौ सम्हालेर ल्यायौ,था छैन बदलामा तिमिले के पायौ मलाइ न सोध मेरो ३४ बर्ष कस्तो भो,एक सुख्खा बृक्षले पानी पाए जस्तो भो …