उज्ज्वल ठकुरीले पुन : भारतीय ओलम्पिक तेक्वान्दो खेलाडीको बिश्व किर्तिमानलाई तोडे

विजय थापा,डिसी महानगर क्षेत्र । गत महिना मात्रै, “फांगकार्य ” फांग काताका निर्माता उज्ज्वल ठकुरीले भारतको ताइवान्दो खेलकुदमा ओलम्पिक खेलका लागि छनौट समेत भएका एक जवान खेलाडी र नायक साई दीपक पटेलले गरेको विश्व कीर्तिमानलाई भंग गरि दिएका छन् ।

यो किर्तिमानसंगै कीर्तिमानधारी ठकुरीले नेपाल र अमेरिकाको नाम उच्च स्थानमा राख्न सफल भएका छन । उज्ज्वल ठकुरीले ६ किलोग्रामको वजन खुट्टामा बाँधेर ४ फिट माथि लात हान्न प्याड समाउन लगाएर ३ मिनेटमा १४३ लात्ती (किक)हानेर चकित पारि दिएका छन्।

यो अचम्मित प्रहार भारतको ओलम्पिक तेक्वान्दो खेलाडी भन्दा लगभग दुई गुना प्रहार गरि विश्व रेकर्ड(किर्तिमान) उपाधि हासिल गरेका छन ।

भारतको तेक्वान्दो युवा खेलाडी नायक पटेलले २०१९ मा ५ किलो खुट्टाले बोकी ३ मिनेटमा ८३ किक हानेर विश्व कीर्तिमान बनाएका थिए । तर यो उपाधि अब अमेरिकाबाट २०२१ मा उज्ज्वल ठकुरीले उक्त किर्तिमान तोडेका छन ।

नयाँ विश्व कीर्तिमान स्थापित गर्न उज्ज्वल ठकुरीले ३ बर्षसम्म खुट्टा र लात हान्ने व्यायाम शुरू गरेका थिए। अन्ततगत्वा उनले गरेको कडा परिश्रम ,मेहनत ,निरन्तरता र समर्पणको फल उनले प्राप्त गरेका छन ।

परीक्षणको क्रममा पहिलो एक वा दुई महिना ठकुरीलाई कम्मरमा समस्या उत्पन्न होला जस्तो ठाने । तर उनले लगनशीलताका साथ आफ्नो अभ्यास प्रणालीलाई निरन्तरता दिए।

त्यति मात्र मात्र होइन, बिश्व किर्तिमान ठकुरीले उही भारतीय ओलम्पिक खेलाडी साई दीपक पटेलले सन् २०१७ मा गरेको विश्व किर्तिमान माथि ३ मिनेटमा ४ फिट माथि १७५ घुँडा प्रहार बनाएको विश्व किर्तिमान समेत तोडी सकेका छन।

खेलाडी ठकुरीले २०१८ मा ३ मिनेटमा २२६ घुँडा प्रहार गरेर रेकर्ड तोडेका थिए । तत्कालिन समयमा पनि ठकुरीले भारतीय ओलम्पिक खेलाडीलाई ५१ अतिरिक्त किक प्रहार गरेर बिश्व किर्तिमानको उपाधि हात पारेका थिए ।

अर्को शब्दमा ठकुरीले भारतीय ओलम्पिक खेलाडीको घुडा प्रहार र किकको दुई बलियो किर्तिमान खोसि दिएका छन् । ठकुरीद्वारा सम्पन्न सम्पूर्ण विश्व कीर्तिमान मात्र मार्शल आर्टसँग सम्बन्धित छ। उनको अर्को प्रयास अझै जारी छ।

उनको सपना मार्शल आर्टमा १० वटा बिश्व किर्तिमान राखेर नेपाल र अमेरिका दुबै देशको नाम बिश्वको शिखरमा पुराउने रहेको छ । ठकुरी एक मात्र यस्ता नेपाली कराते खेलाडी हुन् जस्ले संयुक्त राज्य अमेरिकामा मार्शल आर्टमा एक नेपालीको रूपमा र आप्रवासी समुदायको एक हिस्साको रूपमा यति उच्च बिश्व किर्तिमान हासिल गरेका छन्।

ठकुरीको अन्य विश्व कीर्तिमानहरू पनि खतरनाक छन । उनले मेरो अभिलेख तोड्न गाह्रो छ तर जसले यसलाई भत्काउँछ उ वास्तवमै नायक हो र म उसको सम्मान गर्दछु भनि बताए ।

अब ठकुरीको अर्को उद्धेश्य भनेको पाकिस्तानी ताइक्वान्दो खेलाडी मोहम्मद रशीदको कीर्तिमान तोडेर उपाधि जित्नु हो। केवल ,अर्को समाचारको लागि प्रतीक्षामा रहन उनले आग्रह गरेका छन् ।

ठकुरीको प्रतिबद्धता यो कृतिमान भंग गरेरै छोड्ने उनको भनाई छ । खेलकुदको इतिहासमा तीन देशको बिश्व किर्तिमान तोड्ने नाम उज्ज्वल शर्मा ठकुरीको रहने छ।

ठकुरीले ह्याट्रिक बनाउने लागेको लक्ष्य तर्फ अग्रसर छन । उनको यो किर्तिमान अक्टोबर २०,२०२० मा तोडिएको भएता पनि गिनिज वर्ल्ड रेकर्डले कोरोना महामारीको कारण प्रमाण पत्र हालसालै मात्र प्राप्त गरेका हुन् ।