अखिलनेपाल महिला संघ दमक द्वारा नारी दिवस सम्पन्न , नेकपाको बर्तमान राजनिति बारे चासो र चिन्ता ब्यक्त

युबराज रेग्मी

फाल्गुन २४, ( नारी दिवस) झापा

“महिलाको सुरक्षा सम्मान र रोजगार समृद्ध नेपालको आधार ” नारा लिएर आज सोमबार अखिल नेपाल महिला संघ दमक-झापाले झापाको दमकमा १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस / नारी दिवस भब्यताका साथ मनाएको छ ।अखिल नेपाल महिला संघ दमक झापाकी अध्यक्ष यमुना गौतमको अध्यक्षता तथा केन्द्रिय सदस्य सुमित्रा भण्डारीको प्रमुख आथित्यतामा नेकपा दमकको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा महिला दिदी बहिनी हरुले नारी दिवस विशेष स्वागत नृत्य प्रस्तुत गर्दै कार्यक्रमको सुरुवात गरिएको कार्यक्रममा दमक नगर महिला संघ उपसमिती सह सचिब रमा पोख्रेलले स्वागत गरेकी थिइन ।

कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा जिल्ला कमिटी सदस्य लिला दाहालले केपि ओलि सरकारले गत पुस ५ गते संसद बिघटन गरे पछिको राजनितीक ध्रुवीकरण पश्चात् पार्टी भित्र उत्पन्न भएको राजनितीक बृत अनुरुप साबिक नेकपा एमालेको बेञ्च मार्कमा उभिएर आजको कार्यक्रम आयोजना गरिएको प्रष्ट पारेकि थिइन ।

सम्बोधनकै क्रममा चुनाब चिन्न ” सुर्य” आफू हरुको भएको दाबी गर्दै आगामी चुनाबमा बिजय प्राप्त गरेर संसद प्रवेश गर्ने संकल्प प्रस्तुत गरेकी थिइन ।
पुस ५ गते नेपाली कम्युनिस्टको आन्तरिक राजनिती बदलिदो परिबेस तर्फ मोडिएकोले हाल पार्टीका विभिन्न संगठनहरु पुनरगठन गर्न समस्या भएकोले निकट भबिस्यमै पार्टीका संगठन हरु पुनरगठन गरि नया युबा अनुहार हरुलाइ जिम्मेवारी दिएर आफूहरु राजनितीक शुद्धिकरणमा लाग्न चाहेको उद्घोष गरिन ।

पश्चिमि बिकसित मुलुकका श्रमिक महिला हरुलाइ अन्य महिला सरह समान हक र अधिकार दिलाउन महिला अधिकार कर्मी क्लारा जेट्किनको बिचार र योगदानले समानता दिलाउन सम्भब भएको बताइन ।सन १९१०मार्च ८मा स्थापना भएको महिला हरुको अन्तर्राष्ट्रिय श्रमिक संगठन अनुरुप सन १९११ मार्च ८ देखि बिश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाइएको जिल्ला कमिटी सदस्य दाहालले अबगत गराइन ।

सम्बोधनकै क्रममा नेकपा जिल्ला कमिटी सदस्य निर्मला पाठकले महिला आन्दोलनको इतिहास कोट्याउदै आफूहरुले भुमिगत समयमा खुल्ला बाताबरणमा महिला दिवस मनाउन नपाएको तितो यथार्थ खोतल्दै जङ्गलमा लुकि लुकि महिला दिवस मनाउदै गर्दा प्रहरीले थाहा पाई चारै तिर बाट घेरा हाल्दा आफ्ना बाजागाजा लुकाएर घासको भारी पिठ्युँमा हाली बहाना गरेर घर फर्किएको अनुभव प्रस्तुत गर्दै हालका महिला दिदिबहिनी हरु लाई देसको राजनिती परिबर्तनले खुल्ला रुपमा महिला दिवस मनाउन अबसर प्रदान गरेको बताइन ।

अर्को फरक प्रसङ्गमा नेकपाका अध्यक्ष द्वयले आलो पालो पार्टी चलाउने सहमती र जिम्मेवारी बमोजिम काम नगर्दा नेकपा पार्टी आज अस्थित्वहिन भएको जगजाहेर प्रस्तुत गरेकि थिइन ।

देसमा दन्डहिनता मौलाउदा ससाना बालबालिका बलात्कारको सिकार भएको घिनलाग्दो समाचारहरु सुन्नु पर्दा आफू हरुलाइ आखा छोप्न र कान थुन्न मन लाग्ने अवस्था आएकोले महिला हरुले महिला हरुकै सबालमा लैङ्गिक विभेद अन्त्य गर्न लागि पर्न अनुरोध गरेकी थिइन ।

मन्तब्यकै क्रममा पुर्ब अनेम संघ जिल्ला अध्यक्ष सारदा सापकोटाले बिश्व भरिका महिलाले बिश्व भरिका महिला लाई सम्मान दिन आयोजित दिवसनै महिला दिवस भएको बताइन ।

राज्यमा दुई तिहाइ बहुमत ल्याएर शासन सत्ता गर्ने अबसर महिला हरुको योगदानले नै सम्भब भएको यथार्थ प्रस्तुत गर्दै हाल कम्युनिस्ट पार्टीका अग्रज हरुले पार्टी लाई सुसासित र समृद्ध प्रदान गर्न नसक्नाको कारण बन्दुकको नाल बाट राज्य सत्ता कब्जा गर्न सकिन्छ भन्ने फरक स्कुलिङका नेता हरुनै कारक तत्व भएको बताउदै हाल स्वार्थले अलमलिएका नेताको बिचारको आन्दोलनले नेकपा धस्त भएको बताउदै स्वार्थ र निगाह बाट पार्टी चलाउन खोज्ने बाट पार्टी खोसिएको उद्घोष गरिन ।

अर्को प्रसङ्गमा शिक्षाले मात्र मानिसको मन बदल्न नसकिने हुदा बिबेकले मानिसको भावना बदल्न सकिने उदाहरण प्रस्तुत गरेकी थिइन । कार्यक्रम लाई सम्बोधन गर्दै नेकपा केन्द्रिय कमिटी सदस्य अम्बिका खनालले हिजो सम्म नेकपा भनिरहदा नेकपा बिधिबत रुपमा एकीकरण नभएकोले पार्टी असफलता तिर लागेको दाबि प्रस्तुत गर्दै रास्टिय राजनिती गम्भीर मोडमा लागेको जिकिर प्रस्तुत गरे ।

अर्को प्रसङ्गमा राज्यका हरेक अंगमा ३३ प्रतिशत महिला हरु आबस्यक भएको बताउदै महिला हरुलाइ पुरु! हरुले दमन गर्दा महिला हरुलेनै न्याय दिलाउने गरेको बताए ।
कार्यक्रम लाई रोमाञ्चक प्रदान गर्न नेकपा जिल्ला कमिटी सदस्य शिक्षक तथा साहित्यकार दुर्गा काफ्लेले नारिदिवसको सन्दर्भमा सुमधुर कबिता बाचन गरेकी थिइन ।
कार्यक्रममा नेकपा केन्द्रिय कमिटी सदस्य होम ब. थापा , अनेम संघ केन्द्रिय सदस्य रङ्गमाया धिमाल ,जिल्ला सदस्य सुमित्रा प्रसाईं ,जिल्ला सदस्य भरत दाहाल , नेकपा नगर कमिटी सदस्य लक्ष्मी देबि बराल लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कबिता बाचन गर्दै नेकपा जिल्ला सदस्य तथा शिक्षक एबम साहित्यकार दुर्गा काफ्ले