ब्यङग्य कविता:बुहारी पाइने पशल!

गर्भै देखि कठै नारी भाेग्छन् अनेक थरि!
भेदभाब अनि नारी हिम्शा उनले जिवन भरि !

तिन महिनाकाे भा’ काे छैन जिवन गर्भ भित्र !
के हाे भन्दै लाउछन् मेशिन हेर्न उस्काे चित्र!

छाेरा न भै रै छ भने त्यहाँ भित्र छाेरी
जन्मै समेत लिन पाउन्ने गर्भै भित्र माेरि!

प्रबिधिकाे दुरुपयोग भ्रष्ट मानव मती
सन्सार देख्नै नपाइकन भित्रै मरे कती !

क्लिनिककी डाक्टर्नि त्याे हाे नि अाफै महिला
छाेरी मार्न उद्घत हुन्छे उहि अाफै पहिला!

पैसाे पाए पुगि हाल्छ सोच्दैनन् नि किन?
जिवन दिने डाक्टर पनि लाग्छन् प्राण लिन!

डाक्टर हुन कि यमदुत बाेलाँउ के नाम भनि?
पैसाे पाए गर्छन् हरे जस्ताे सुकै पनि!

बगरेले मार्छ बरु केही कुरेर बसि
हरमा माशु भरिएसि बल्ल छुरा घसि!

गर्भै भित्र मार्छन् छाेरी चित्र हेरि -हेरि
छाेराे चाहिन्छ दम्पतीलाइ गर्छन् त्यहि फेरि!

बिबश हुन्छन् आमा बरा यस्ता कुरा मान्न
छाेरी मार्दै छाेराे खाेज्छन् आफ्नाे बङ्श धान्न!

आफ्नै समेत ज्यानलाइ पनि जाेखिममा पारि!
नजन्मेकाे छाराे खाेज्छन् जिँउदी छाेरी मारि!

देख्दा खेरि त्यस्ता छाेरा घरमा साँझ बिहान
सम्झेलान कि नसम्झेलान ति छाेरीकाे चिहान?

छाेरा नभै भएन रे घरबार पक्का अरे
कुरितीकाे चेपमा परि कती छाेरी मरे!

प्रकृतीले बनाइ दियाे दुबै नर नारी
सन्तुलन नै खलबलाए एउटा छानी मारी!

कुन धर्मले कुन कानूनले मिल्छ यस्ताे गर्न ?
बिर्सियाै कि पर्छ भन्ने एक दिन पक्कै मर्न!

क्यारी चल्ला घरबार अब कस्ताे हाेला श्रृष्टी!
दुष्ट भ्रष्ट नबमानब कति स्वार्थी दृष्टी!

पशु भन्दा तुच्छ भयाे अाज नवमानब
लिङ्ग छानि हिम्शा बरु गर्दैन्थे ती दानब!

गर्भै भित्र छाेरी मारी बुहारी खाेज्दा अशल
जान पर्ला बुहारी खाेज्न खेलाैनाकाे पशल!

-अर्जुनराज पन्त,बाग्लुङ मुलपानि,हाल टेक्सास अमेरिका
(ब्यङ्ग्य कवि पन्त पहिलाे ब्यङ्ग्य काब्य ‘काेइली ‘का समेत लेखक हुन)