वइलि जाने फूल मात्र होईनन नारी, पुर्णिमामाको चम्किलो जुन पनि हुन्!

जानकी पन्त , बेलायत
वइलि जाने फूल मात्र होईनन नारी, पुर्णिमामाको चम्किलो जुन पनि हुन्! साहश र सहनशीलताका अटुट मूल पनि हुन्! उनिहरु धैर्य, प्रेम, समर्पण र प्रतिबद्धता को प्रतीक पनि हुन! उनिहरु इतिहासका संरक्षक र भबिश्यका र निर्माणक पनि हुन!
सुन्यतामा हराउने रजनी मात्र होइनन नारि, जीवनका अनेक रंग र उमंग पनी हुन्! केवल घर आगनको शोभा बढाउने मात्र होइनन नारि, राष्ट्रका शान-शौरभ अनि गौरब र गहना पनि हुन! अर्थहीन र अस्तित्वहिन अबस्य होइनन नारि, उनीहरु हरकोहीको जीवनको महत्वपूर्ण अंग पनी हुन्! केवल पुरुषका कटपुतली अबस्य होइनन नारि, उनीहरु संसारका दिपक ज्योति पनि हुन!

सृष्टी चक्रको अपार महत्व नबुझ्नेलाइ धर्ती केवल माटो मात्र भएझैँ, नबुझ्नेलाई सायद नारी केवल आफ्नो अनुकुलको साधन मात्र हुन् सक्छिन तर बुझ्नेलाई उही नारी एक पुजनीय आमा, देबी या जीवनको सम्पूर्ण पनि हुन् सक्छिन! त्यसैले जान्न सके र बुझ्न सके यहाँ नारी, दुर्गा, लक्ष्मी र सरस्वति पनि हुन्! नारी यस सृष्टि नियम भित्र यस जगतमा जीबनदाता पनि हुन् !

जीवनको पोषण, सुख, सन्तोष अनि जीवनको सुर्योदय पनि हुन् । जीवन रंग छ नारिको संग अनि जीबन जगत सुखी र खुसी छ नारीको संग! ओठको हाँसो र मुटु को धड्कन जुडेको छ नारीको संग! नभई नहुने जीवनको अभावपूर्तिको नाम हो नारी। शिरको ताज र सम्मान हो नारी! जीवनको रथी र सारथी हो नारी! शरीरभित्रको वायुको आयु हो नारि! जीवनको सिचाई र बिज रोपाइँ हो नारी! आँखाको ज्योति हो नारी, जीवनको मोति हो नारि!

अन्तमा, एक दिनको नारि दिबसको आवाज संग महिलाको परिभाषा सिमित हुदैन। नारीवाद भनेको महिलाहरुलाई सुदृढ बनाउने बारेमा होइन। महिला पहिले नै बलियो छन्। यो त्यस्तो ससक्त शक्ति हो जुन बिना संसारनै चल्दैन यो पहिले सबले बुझ्न जरुरि छ।नारि चाहे त्यो बहिनी, श्रीमती, आमा, भाउजु वा अरु कुनै अन्य रूप होस! कुनै पनि रूपमा महिला महान छिन! उनको दायित्व महत्वपूर्ण छन ! त्यसैले नारिलाई माया भन्दा बढी सम्मान गर्न सिकौ, उनको संरक्षक बन्न सिकौ।
नारिले केहि गर्न सक्दैनन भन्ने कम्जोर सोच नराखौ! किनकि महिलाले चाहे जे पनि गर्न सक्छन। महिला सबैका लाइ कुनै न कुनै रूपमा प्रेरणा को श्रोत हुन्। उनिहरूले आफ्नो व्यक्तिगत र व्यावसायिक जीवन दुबै लाइ आश्चर्यजनक रूपमा बराबर मिलाएर लगेका हुन्छन। महिला हरु भीडले देखाएको निर्देशन अनुसरण गर्नु भन्दा आफ्नै पाइलामा हिड्दछन। महिलाको जीवन चुनौतीहरूले भरिएको हुन्छ तर उनीहरू सबैलाई अनुग्रह र मर्यादाका साथ सामना गरिरहेका हुन्छन! संसारका सबै महिलाहरुमा मेरो हार्दिक नमन र उच्च सम्मान छ! १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको हार्दिक शुभकामना सबैमा🎉🌹💖💖🙏🙏