नयाँ गीत “सिमलैमा मैना” बोलको गीत अर्जुन सापकोटाको युटुव च्यानलबाट रिलिज

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा कृष्ण बस्यालको नयाँ गीत “सिमलैमा मैना” बोलको गीत अर्जुन सापकोटाको युटुव च्यानलबाट रिलिज हुदैछ।

केही समय अगाडी बस्यालको “बनकी चरी” बोलको गीतले सांगितिक बजारमा तहल्का पिटेको थियो । अहिले धेरैले आश गरेको गीतलाई अर्जुन सापकोटा र समिक्षा अधिकारीको आवाज रहेको छ भने अर्जुन सापकोटाको लय भरेका छन भने कृष्ण बस्यालको शब्द/सृजना गरेका हुन् ।

गीतको म्युजिक भिडियोमा दिप्ती गोम्जा र शिव खड्काको अभिनय रहेको छ । भिडियोलाई सुर्य लामाले छायांकन/सम्पादन गरेका छन भने प्रतिक निगुसर (Prateek Ngesyur) ले निर्देशन गरेका छन ।