‘मर्गेली हम’ भन्दै समसामयिक बिषयमा बोकेदारिको चोटिलो प्रहार (भिडियो सहित)

ईटहरी/ नेपाली संगीत आकाशमा माया, प्रेम र बिछोडका गीतले ढाकिएको छ । कुनै बेला थियो कमेडी गीतले पनि बजार तात्ने । अहिले, कमेडी गीतको बजार लाग्नै छाड्यो भन्दा फरक नपर्ला । तर, यदाकदा भने कमेडी गीत अहिले पनि सार्बजनिक भैरहेका छन् । यस्तैमा कलाकार तथा कमेडी गीत गाउदै ‘बोकेदारी’ उपनाममा लोकप्रिय भएका श्रीकृष्ण लुइँटेलले कमेडी गीत युट्युबमा सार्बजनिक गरेका छन् । लुइँटेल यतिबेला आफ्नो कठिन अवस्थालाई पनि सहजता तुल्याउदै हास्य शैली समालेर निरन्तर लागिरहेका छन् ।
उनका गीतमा कमेडिका कुरा मात्रै नभएर केही समसामयिक सन्देश तथा जनजीवनका कुराहरू समेटिएका हुन्छन् । सुरुवातदेखि अहिलेको अवस्था सम्मपनी उनी आफ्नो हास्य बिधाबाट अलिकति पनि नडगमगाई अघि बढ्दै सफलता कमाईरहेका छन् । सार्बजनिक उनको स्वरमा रहेको ‘मर्गेली हम’ गीतमा पनि सामान्य जनजीवनमा भैपरी आउने घट्नाक्रमलाई रमाईलो ढङ्गले प्रस्तुत गरिएको छ । हेर्नुस् सो गीतको भिडियो यस्तो वनेको छ ।

थारु भाषाबाट ‘मर्गेली हम’ शव्द सापटी लिएर भजन शैलीलाई पनि गीतमा समावेश गर्दै जड्याहा परिवारको पोल खोल्दै गरिबी भित्र पिल्सिएर महँगीमा नेपालिले भोग्नुपरेको कथाब्यथालाई पनि गीतमा रमाईलो ढंगले प्रस्तुत गरिएको छ । गीतमा तास खेल्नेहरुको पनि बिरोध गरिएको छ । धन र निधनको कुरा गर्दै मान्छेको मरण भएपछिको प्रसङ्गमा ‘अब आउने पिढिले के सिक्छ ?’ भन्दै प्रश्न खडा गरिएको छ ।

५ मिनेट २ सेकेन्ड लामो गीत कमेडी धारको भएपनी गहन बिषयमाथी तयार गरिएको छ । गीतका शब्दहरू हरिगोपाल अधिकारीले कोरेका छन भने संगीत श्रीकृष्णले नै भरेका छन् । जोनि योन्जनले एरेन्ज गरेको गीतलाई सनलाईट म्युजिक स्टुडियोमा रेकर्ड गरिएको हो । भिडियोमा श्रीकृष्ण आफै फिचर्ड छन भने उनी संगै कृष्ण भन्डारी लगायत अन्य कलाकारहरु पनि देखिएका छन् ।सुबाश लिम्बू मेन्यान्बोले छायांकन तथा सम्पादन गरेको भिडियोलाई रोहित लाम्गादेले निर्देशन गरेका हुन् । भिडियोलाई लुइँटेलको आफ्नै ‘बोके दारी मिडिया अफिसियल’ नामक युट्युब च्यानलबाट सार्बजनिक गरिएको छ ।