एक हप्ता देखि लगातार एक नम्बर ट्रेन्डिङमा बिनोद र अनिताको “ठग्यो जिन्दगीले” सबैको मन जित्दै दुनियाँ रुवायो

काठमाडौँ | लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा महान श्रीमान बिनोद खडका उनकी श्रीमती अनिता खडकाको जिबन कहानीमा आधारित गित ‘ठग्यो जिन्दगीले’ सार्वजनिक भए संगै युटुव ट्रेडिगको पहिलो स्थानमा छ |

लेकसाइड टिभी र ब्लु स्काई नेपालको पहलमा सुरु भएको उनकी श्रीमतीको उपचारले अहिले सही स्थान पाएको र निको भएको छ बिस्तारै बिस्तारै र यही समयमै उनको लागि त्यही मिडियालेनै पहिलो गित बनाईदिएको छ । सायद यो जोडीलाई नचिन्ने त कमै होलान त्यसैले उनको बास्तकित र सत्य कथा उतारिएको गितको बारेमा कुरा गरौ । जस्मा स्वर दिनुभएको छ रेशम निर्दोष र सुनिता बुढाले भने शब्द नेत्र अर्र्यालको छ ।

यसैगरि आकर्षक फ्रेममा खिचेका छन राजेश घिमिरेले जस्लाई बुटवल गुल्मी र पाल्पामा खिचिएको थियो । जस्मा बिनोद भण्डारीको निर्देशन र महेन्द्र भण्डारीको लय एरेन्ज रहेको छ । यसलाई सम्पदान भने मनोज कार्कीले गरेका छन भने यो गितमा सम्पुर्०ा लगानी सबिन क्षेत्रीको रहेको छ,। हेर्नुहोस –