राजन छेत्रीको सिर्जनामा पल साह र रियासा दाहालले खेलेको नया दोहोरी गीत फिक्का चिया आउनु अगाडीनै चर्चा यतिधेरै

दबङ आशिष:-झन्डै सात लाख खर्च गरिएको फिक्का चियामा के छ त त्यस्तो विशेषता? चलचित्र जगतका हस्ति देखि हाष्य टेलिशृंखलाकि हस्ति सम्म किन रुचाईयो त फिक्का चिया? फिक्का चिया प्रचारित पोस्टरलाई ऐतिहासिक पोसाक देखि धारिलो तरवारको आवश्यकता किन? किन यत्ति धेरै चर्चाको बिषय बन्यो त फिक्का चिया?क- कस्ले बनाय त फिक्का चिया?? सामान्य फिक्का चियामा नाफा कि घाटा त? दर्सकलाई किन भ्रममा राखिएको छ त? यस्ता प्रस्नहरु अनग्य छन् र यहि अनग्य प्रस्नहरुकै बिचमा जवाफ पनि छ।

कुनै पनि बिषय भित्र प्रस्न खोजिन्छ भने जवाफ पनि सोहि बिषय भित्रनै लुकेको हुन्छ।अन्योलमा पर्दै हुनुहुन्छ भने पख्नुस् हामि प्रस्ट्याउने छौ। (फिक्का चिया) भनिरहदा कस्तो?किन? भन्ने प्रस्नहरु तपाईहरुको मनमा उब्जिएको होला।नझुक्किनुस् फिक्का चिया एउटा लोक गितमा राखिएको नाम मात्र हो? केहि भुमिका बाधेर लेख्न खोजिएको पनि यहि हो। यहि आउदो सोमबार सार्बजनिक गर्न लागिएको “फिक्का चिया” गितले यति बेला सबैलाई अन्योलमा पारेको छ।केहि दिन अगाडि मात्रै रिलिज गरिएको फिक्का चियाको पोस्टरलाई लाखौं दर्सकहरुले अत्याधिक रुचाएका छन्।सोमबार सार्बजनिक गर्ने तयारीमा रहेको उक्त गितलाई जतिसक्दो चाडो सार्बजनिक गरिदिन दर्सकहरुले अनुरोध पनि गरेका छन्। लोक दोहोरी क्षेत्रको ईतिहासमै पहिलो चोटि गित सार्बजनिक अगाबै पोस्टरको आधारमा यत्ति धेरै जिग्यासा राखिएको “फिक्का चिया”लाई केहिले त दर्सकहरुलाई भ्रममा राखेको आरोप समेत लगाएका छन्।

फिक्का चियाका गितकार:-
समाजसेवि तथा सर्जक राजन क्षत्रीको सब्द सिर्जनामा तयार गरिएको “फिक्का चिया” मा प्रेमका तरंगित भाबहरु गासिएको र चिया बसाल्दा फिक्का भनेर बसालिए पनि पाकेर पिउन्जेल सम्म मसालेदार चियाको स्वाद मिल्ने बताउदै क्षत्रीले दसर्कहरुलाई पोस्टरको आधारमा अन्योलमा नपर्न सुझाव दिएका छन्। हाल अमेरिकालाई कर्म थलो बनाउदै आएका क्षत्रीले यो भन्दा अगाडि “काचको कचौरा” बोलको गित सिर्जना गरेका थिए र उक्त गित अत्याधिक रुचाईएको पनि थियो।चर्चित अन्लाईन पत्रिका eनेपालखबरका सस्थापक/ अध्यक्ष समेत रहेका क्षत्री एक समाजसेवि पनि हुन्।

फिक्का चियाका संगितकार:-
लोकप्रिय संगितकार आफैमा सुमधुर आवाज भएका खेम पुनले फिक्का चियामा संगित मार्फत स्वाद भर्ने काम गरेका छन्। दर्जनौ हिट गितहरुमा संगित भरिसकेका पुन हाल अमेरिकामा बसोबास गर्दै आईरहेका छन्।लोक संगित प्रतिको उनको लगाब र प्रतिभालाई सात समुन्द्रका लहरहरुले कहिलै रोक्न सकेनन्।जब संगितका धुनहरु हावामा फिजारिन्छन् तब विशाल पर्वतका तागतिलो बाहुलिले कदापि छेक्न सक्दैनन्।त्यस्तै जब खेम पुनले आफ्नो संगितको जादु गरे मै हुं भन्ने जादुगरहरुका जादु ओझेलमा पर्दै गए। फिक्का चियामा गरिएको संगितको जादुको अनुमान यसैको आधारमा लगाउन सकिन्छ।

फिक्का चियाका गायक/ गायिका:-
चर्चित गायक तथा उत्कृष्ट संगितकार खेम सेन्चुरि र चर्चित गायिका भुमिका गिरिको सुमधुर आवाजमा सार्बजनिक हुने भनिएको फिक्का चियामा गायक/ गायिकाले न्यायपुर्ण आवाज दिएका छन्। खेमले गायका गितहरु मध्य यो गित केहि फरक र नयांपन रहेको र गितमा सरलता भएको बताएका छन भने गित सार्बजनिक गर्न आत्तुर भएको भुमिका गिरिले बताएकि छिन्। संगित अभ्यास गायन अभ्यासमा आफुले निकै मेहनत गरेको थप्दै (गायक/गायिका)गितले सफलता पाउनेमा आशावादी पनि छन्।

फिक्का चियाका निर्देशक र नायक/ नायिका:-
बिशेष गरि लोक गितका भिडियोहरु निर्देशन गर्ने र आफैमा उत्कृष्ट अभिनय गर्न सक्ने खुबि भएका उत्कृष्ट निर्देशक काजिश श्रेष्ठले निर्देशन गरेका “फिक्का चिया” को भिडियोमा नेपालि चलचित्र जगतका चक्लेटि नायक पल शाह र हास्य टेलिशृंखला द्वारा अभिनयमा पाईला चालेकि होनहार नायिका रियाशा दाहाल बिल्कुलै फरक अभिनयमा प्रस्तुत हुने भएका छन्। गितको पोस्टर रिलिज भए लगत्तै पल शाह र रियासा दाहाल यति बेला निकै चर्चामा रहेका छन्। अन्य लोक गितको भिडियोमा अभिनय गर्दा र फिक्का चियामा अभिनय गर्दा प्रयोगात्मक रहेको र आफुलाई सहज संगै मन पनि परेको कुरा नायक/नायिकाले बताएका छन्।

गित सार्बजनिक नहुदै चौतर्फी चर्चामा रहेको फिक्का चियाका टिमले अतुलनीय खुसि ब्यक्त गरेका छन्। चिया फिक्का भए पनि गित फिक्का नभएको र दर्सकहरुको मनोरञ्जनमा कुनै कमि नराखिएको थप्दै फिक्का चियामा सबैले अत्याधिक मेहनत गरेको र महेनत गरे अनुसारको नतिजामा आफुहरु बिस्वस्त रहेको बताएका छन्। र फिक्का चियाको मिडिया पाट्नरहरुमा :- लालिगुराष डटकम, eनेपालखबर डटकम, तुफान न्युज, नेपालि माटो, लागायतका थुप्रै रहेका छन्।भिडियोको लागि प्रतिक्षा गर्नुहोला:-