माओवादी द्वन्दकालको कथामा सुमेश श्रेष्ठको दुई लघुचलचित्र

काठमाडौं / आठ बर्ष प्रहरी सेवामा रही हाल अमेरिकामा रहेका सीन सुमेश श्रेष्ठले माओवादी द्वन्दकालको बेला आफुले देखेको सुनेको कुराहरुलाई “अ कोल्ड हार्ट ” र “अ साइलेन्ट रिभेन्ज ” नामको दुईवटा लघु चलचित्रको रुपमा उतारेका छन्। बिहिबार नयाँ बानेश्वर स्थित आईप्लेक्स मलको वान सिनेमा हलमा श्रेष्ठले आफ्ना पुराना सहपाठी तथा पत्रकार ,कलाकारहरु बीच दुवै लघु चलचित्रको प्रिमियर शो राखेका थिए ।

चलचित्रको प्रिमियर अघि बोल्दै निर्देशक सीन सुमेश श्रेष्ठले द्वन्दकालको बेला माओवादी र प्रहरी दुवैतीरबाट कोही शोषित -पिडित थिए भने त्यो सोझा साझा -निमुखा नेपाली जनता नै थिए र आफु प्रहरी सेवामा रहँदाको आफ्नो त्यही अनुभव , सुनेका कुराहरुलाई आफु पनि कलाकारितामा आकर्षित भएकोले गर्दा धेरै वर्षदेखि चलचित्रको रुपमा ल्याउने सोच थियो। जुन सपना चै लकडाउनको अवधिमा नेपाल बसाईंको क्रममा पुरा भएको बताए। बिस बर्ष अघि नेपाल टेलिभिजनको चर्चित सिरियल दुश्मनमा छोटो -मिठो अभिनय समेत गरेका सीन सुमेश श्रेष्ठले प्रहरीको जागिर छोडी पढाईको लागि अमेरिका गएपछि त्यतै बाट फिल्म मेकिङ्गको कोर्ष समेत गरेको बताए। भविष्यमा नेपाली चलचित्र तथा अमेरिका बाटै अंग्रेजी चलचित्र समेत निर्माणको योजना समेत रहेको श्रेष्ठले बताए।

अर्का निर्माता एभरेस्ट थापाले दुवै लघु चलचित्रलाई विभिन्न राष्ट्रिय -अन्तरास्ट्रिय फिल्म फेस्टिभलमा समेत पठाईने बताए। उपस्थित दर्शकहरुको राम्रो प्रतिक्रियाले अझ काम गर्ने हौशला मिलेको उनले बताए।

दुवै चलचित्रको कथा ,पटकथा ,संबाद तथा निर्देशन सीन सुमेश श्रेष्ठको रहेको छ भने निर्माण एभरेस्ट थापा र सीन सुमेश श्रेष्ठको रहेको छ। त्यस्तै सरद महतोको छायाँकन , पासांग दावा शेर्पा को सम्पादन ,राजेन्द्र मोक्तानको कलर रहेको छ।

“अ साइलेन्ट रिभेन्ज “मा प्रविन खतिवडा , सारा जे अधिकारी ,रोय श्रेष्ठ , सबिर चुरौटे ,सुभाष खड्का ,प्रेम क्षेत्री राजेश बिस्वकर्मा ,सीन सुमेश श्रेष्ठ र बाल कलाकार संगम राई को अभिनय रहेको छ भने “अ कोल्ड हार्ट ” मा प्रविन खतिवडा , पशुपति राई सोनाम सिङ्ग लामा ,सुभास खड्का अमर क्षेत्री र प्रेम क्षेत्रीको अभिनय रहेको छ।

“अ कोल्ड हार्ट ” को प्रोमो