कोरियोग्राफर अनिलाई बेष्ट इभेन्ट कोरियोग्राफर अवार्ड

काठमाडौँ । फेसन मोडलिङ तथा सौदर्य प्रतियोगिताको कोरियोग्राफर अनिला श्रेष्ठले एकसाथ तीन बिधामा अवार्ड हात पारेकी छन् । उनले ‘फेसनफेअर अवार्डस् २०२०’मा उनले बेष्ट इन्टरनेशनल नेशनल निर्देशक, बेष्ट इभेन्ट कोरियोग्राफर र बेष्ट इभेन्ट अर्गनाइजेशन गरेर एकसाथ तीन अवार्ड हात पारेकी हुन् ।

भक्तपुरस्थित एम्पेरियल ब्याङ्क्वेट हालै आयोजित फेसन, मोडलिङ तथा ब्युटी प्याजेन्ट विधामा समर्पित ‘फेसनफेअर अवार्डस् २०२०’ अन्य थुप्रै ब्यक्ति समेत सम्मानित भएका थिए ।
‘फेसनफेअर अवार्डस् २०२०’ ड्रिम सर्च एजेन्सीको स्थापनाको सातौं वार्षिक उत्सवको अवसर पारेर आयोजना गरेको थियो ।

ग्रीन आर्टस् मिडियाको कार्यक्रम निर्देशक र कोरियोग्राफर समेत रहेकी अनिला हेरिटेज प्याजेन्टस् र मिस ईको इन्टरनेसनलका लागि नेपालका नेसनल डारेक्टर समेत हुन् ।
सन् २०१९मा चीनको ग्वान्जोमा आयोजित ९० देशका विवाहिता महिला सुन्दरीहरुको सहभागिता रहेको ‘मिसेस् युनिभर्स २०१९’मा श्रेष्ठलले नेपाललाई सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि दिलाएकी थिइन् । उनी ‘मिसेस् नेपाल युनिभर्स २०१९’की बिजेता पनि हुन् । फेसन कोरियोग्राफरका रुपमा स्थापित गर्न सफल अनिला २००५ देखि प्याजेन्ट र फेसन क्षेत्रमा काम गर्दै आएकी छन् ।