चर्चित गायिका सुनिता बुढा छेत्री र मौसम गुरुङले गाएको नया गीत

काठमाडौं । गायिका सुनिता बुढा क्षेत्री र लोकप्रिय गायक मौसम गुरुङको स्वरमा गीतहरु एकपछि अर्को सार्वजनिक हुने क्रममा”मुटु दुखायो’सार्वजनिक भएको छ । ओम छिनालको शब्द सृजना तथा संगीतमा सागर गुरुङको संगीत संयोजन रहेको उक्त गीत गीत मालाश्री डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।

बिनोद भण्डारीको निर्देशन रहेको म्युजिक भिडियोमा महेन्द्र गौतम र सारिका केसीको कारुणिक अभिनय रहेको छ । राजेश घिमिरेले छायांकन गरेको म्युजिक भिडियो मनोज कार्कीले सम्पादन गरेका छन् । आशा छ यो गित पनि बिगतका गित झैँ लोकप्रिय बन्ने छ ।
हेर्नुहोस भिडियो :