छोरी जन्मिएपछि लोक गायिका शान्ति श्री परियार पहिलोपटक मिडियामा,आमालाई सम्झेर अन्तरबार्तामै आँसु झारीन

काठमाडौ – लोकप्रिय गायिका शान्तिश्री परियारले पुत्री लाभ भएको छ।छोरी जन्मिए संगै उनि पहिलोपटक मिडियामा आएकी हुन्। छोरी र आमाको स्वस्थ्य अवस्था सामान्य रहेको छ । परियारले १० बर्ष पहिलेनै नारायण भुजेल सँग बिहे प्रेम बिहे गरेकी थिइन् ।

रोल्पा जिल्ला बाट गीत गाउनकै लागी भनेर २०६४ सालमा राजधानी छिरेकी शान्तीले आजको स्थान सम्म आइपुग्नको लागी धेरै कठिन मोडहरु पार गर्नु परेको छ । यसो त यो क्षेत्रमा सफलता प्राप्त गर्नकोे लागी त्यति सहज पनि छैन ।
आज सम्म करिव २५० भन्दा बढि गीतहरुमा आवाज दिइसक्नु भएकी शान्तीले पहिलो गीत अरु भन्दा फरक म किन भन्ने गीतमा आवाज दिँदा खुसीले आँसुनै आएको थिए । त्यस पछि आजको दिन सम्म शान्तीलाई पछि फर्केर हेर्न परेको छैन ।

यो क्षेत्रमै पहिलो पटक आफ्नो आवाज दिई आधुनिक गीत गाए बावत पाएको पहिलो पारीश्रमीकले आफुलाई खुसिको आँसु आएको र गाएरै जिवन धान्न सकिने हौसला समेत प्राप्त भएको बताउनु हुन्छ ।
आफु यो क्षेत्रमा प्रवेश गरे सँगै अग्रजकलाकारहरुले गर्नुभएको मायाले गर्दा आफुलाइ स्रोता र दर्शकले गायीका शान्ती श्री परियारको रुपमा नाम दिएको बताउनु हुन्छ । आज सम्म मलाई यो स्थान सम्म ल्याइपुराउनको लागी मलाई जुन रुपले माया गरिरहनु भएको छ त्यो माया मैले निरन्तर पाउने छु भन्ने आशा लिएकी छु ।