पुर्व सचिव नेपाल सरकार भिम उपाध्यायको अपिलमा ६ महिनामा १ करोड ६५ लाख आर्थिक रकम संकलन

काठमाडौं, फागुन १९- नेपाल सरकारका पुर्व सचिव भिम प्रसाद उपाध्यायले देशका बिभिन्न ठाँउमा रहेका विपन्न परिवारका मानिसहरुलाई आर्थिक सहयोग जुटाउने उदेश्यका साथ सामाजिक संजालमा सहयोगको अपिल गर्न सुरु गरेको ६ महिनामा १ करोड ६५ लाख आर्थिक रकम संकलन भएको छ ।

उपाध्यायले मंगलबार साझ आफ्नो फेसबुक प्रोफाईलमा पोष्ट गर्दै ६ महिना यता आफुले सहयोग अपिल गरेर संकलन भएको रकमको विवरण सार्वजनिक गर्दै लेखेका छन् –

‘दुखित, गरिब, पीडितहरू तथा विपन्न समुदायका परिवारलाई सहयोग गर्न विगत ६ महिनामा मैले गरेको अपिललाई सहर्ष स्विकार गरेर सहकार्य गर्दै देश विदेशका नेपाली दिदीबहिनी दाजुभाईहरूले उदार मनले मानवताको भावनाले पुर्याउनु भएको सहयोगरूपी केही पुण्य कार्यहरू (कूल सहयोग रू १ करोड ६५ लाख)

क्यान्सर पीडित झापाकी ४५ वर्षीया शारदा भट्टराई रू ७ लाख सहयोग, (देहान्त)

डडेलधुराकी गरिब ९ वर्षीया बालिका अनिता भण्डारीको पढाईका लागि रू १ लाख सहयोग ।
विदेशमा कामगर्ने पतिको निधनबाट पीडित बाराकी विधवा रूक्साना खातुनका लागि राहत रू १ लाख २५ हजार सहयोग ।
जनयुद्धकी पूर्व लडाकू घरबिहिन हुम्लाकी उषा थापा मगरको बर्दियामा नयॉ घर निर्माण करिब रू ६ लाख सहयोग।
क्यामारूनबाट नेपालमा आएका विदेशी खेलाडी ड्याडी वाम्बालाई घरफिर्ता गर्न रू १ लाख २५ हजार सहयोग ।
रोल्पाका १६ वर्षिय किशोर ठेकेन्द्र बिकलाई पढाउन रू १ लाख १५ हजारको कोष सहयोग ।
दैलेखकी ६ वर्षीया छाला रोग पिडित बिपना कठायतलाई कान्तिबालमा सबै निशुल्क उपचारसहित रू ५० हजार अन्य खर्च सहयोग ।
प्युठानका गरिब १३ वर्षीय पहिरोपीडित दुबै खुट्टा नराम्ररी घाईते भएका जीवन पुन मगरको दुबै खुट्टाको बी एण्ड बीअस्पतालमा शल्यक्रियाका लागि रू ६ लाख सहयोग ।
सर्लाहीका उखु किसान गगनदेव राय यादवको जग्गा लिलामीबाट जोगाउन रू ३ लाख सहयोग ।
दलित परिवारका एमबीबीएस पाचौँ वर्षमा अध्ययनरत रामजी रामको खर्चका लागि रू २१ लाख सहयोग ।
क्यान्सर पीडित दार्चुलाका युवा नरेन्द्र पालका लागि सहयोग रू. ३० हजार ( देहान्त )
क्यान्सर पिडित बझाङका नविन खड्काका लागि सहयोग रू ३ लाख, (देहान्त)
सुकेधारा काठमाण्डौँमा गरिव ठेलावाली मन्जु कुवँर क्षत्रीलाई रू ८ लाख सहयोग ।
नेपाली रकेट गरूड बनाएर अमेरिकामा प्रतिष्पर्धा प्रदर्शनीमा लागिपरेका युवा टेलेन्ट प्राविधिक टोलीलाई रू ५ लाख सहयोग ।
अछाम कमलबजारस्थित श्री कालिका विद्यालयका बालबालिकाका लागि डेस्क बेन्च खरिद गर्न र जिर्ण स्कूल भवन मर्मत गर्न रू ८ लाखको सहयोग ।
महाबीर पुन नेतृत्वको आविष्कार केन्द्रलाई रू २७ लाख ५० हजार दान।
दैलेखकी विपन्न किशोरी ईन्द्रा शर्मालाई वकालत पढ्न रू १ लाख २० हजार कोष सहयोग।
बरिष्ठ ईन्जिनियर नियाज अहमदको उपचारका लागि रू २५ लाख सहयोग (देहान्त) १९.
कान्ति बाल अस्पतालमा उपचाररत ३ महिने बालिकाको उपचारका लागि रू १६ हजार सहयोग९ देहान्त०।
मकवानपुर राक्सिराङको आधारभूत विद्यालयका गरिव चेपांङ, तामाङ ससाना बालबालिकाका लागि २५५ सेट न्यानो लुगा सिलाएर रू २ लाख सहयोग।
बैतडी सिगासका ३ जना विपन्न टुहुरा दमाई जातिका बालिकाका लागि जीवनयापन र शिक्षा खर्च रू २ लाख ४० हजार सहयोग ।
चिकित्सा शास्त्र अधययन स्स्थान महराजगंजमा MBBS तेश्रो वर्षमा पढ्दै गरेका आर्थिक अवस्था कमजोर मगर संगीत छन्त्याल भाइको कानको सर्जरी खर्चका लागि रू ५० हजार सहयोग।९ रू ६ लाखको लक्ष सहयोग अभियान जारी
उपल्लो डोल्पाको विकट गाउँ लुरीको त्रिपिटक स्कूल निर्माण र संचालनका लागि रू ११ लाख फण्ड संकलन सहयोग ( रू १७।५ लाख लक्ष, अभियान जारी )
ईलामको माईजोगमाई निवासी विपन्न पूर्णे लिम्बू दम्पत्तिका लागि नयॉ घर निर्माणका लागि रू ३ लाख सहयोग।
झापा विर्तामोडकी विपन्न विरामी कल्पना बास्तोलाको उपचार गरी रू ५० हजार सहयोग।
२६. अछामकी विपन्न किशोरी मन्सरा बुढाको हिप बोन फेर्न रू ५ लाख सहयोग।
मकवानपुरको विकट राराङका गरिब चेपांग बस्तिमा लुगा र खाद्यान्न सहयोग गर्न ढुवानीका लागि रू १० हजार सहयोग।
गुल्मीका मेखबहीदुर पेमी मगरको बोनम्यारो उपचारका लागि रू २५ लाख सहयोग।
कूल जम्मा सहयोग रकम रू १ करोड ६५ लाख।

यी सबै सहयोगको अभियानमा सहकार्य गर्ने मित्रहरूप्रति बिशेषआभार ब्यक्त गर्दछु।’

उपाध्याय पछिल्लो समय दुखमा परेका मानिसको साहारा बन्दै गएका छन् ।