न्यायको लागि लड्ने साहसी युवती सदिक्षा बास्तोला

आवाज विहीनहरुका सदस्यहरुले यस्ता जालसाजीमा कति ज्यान गुमाए होलान् । यस्ता आपाराधिक गतिबिधिका बिरुद्ध यस किसिमका बुलन्दित र प्रतिबद्धतापूर्ण आवाजको अभावमा कयौं अन्यायहरु कति त्यत्तिक्कै बिलाए होलान । … सदिक्षाको साहस र निडरताले बिलाउने गरेका अन्यायहरुका बिरुद्ध आवाज उठाउने काम उत्प्रेरित र अभिप्रेरित हुनेछन भन्ने कुरामा आशाबादी हुन सकिन्छ …

मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षिय आफ्ना सहोदर दाजु प्रविन बास्तोलाको हत्या अनुसन्धानमा भएको ढिलासुस्तीको साथसाथै प्रशासनको शंकास्पद गतिबिधि र प्रहरीको लापरवाहीको बिरुद्ध अमेरिकादेखि पढाइ छोडेर आएर मृतक दाईको न्यायको लागि एक्लै निडरतापूर्बक अनबरत प्रहरी प्रसाशनसंग लड्ने विमान चालक सदिक्षा वास्तोलाको साहसिक कदमले राष्ट्रिय स्तरमा उच्च सम्मान र समर्थन प्राप्त गरेको छ ।

आफ्नो करिअरभन्दा आफ्नो दाइको न्यायको लागि एउटी शिक्षित र साहसिक युवतीले सडकमा जसरी आवाज बुलन्दित पारिरहेकी छिन् यो प्रसंशनिय र उदाहरणिय हो । मृतक प्रविन बास्तोलाको ठाँउमा अर्कै ब्यक्तिको फोटो टासी केश मिलाउन खोज्ने उर्लाबारी प्रहरी प्रमुख इन्स्पेक्टर र यो केशमा न्यायको पक्षमा आवाज उठाउनेका बिरुद्ध धम्कीपूर्ण भाषा बोल्ने त्यहाँका मेयर विरुद्ध आवाज बुलन्द भैराखेको छ ।

दाजु गुमाउनुको पीडा, आमा र बुबालाई यो कठीन समयमा सम्झाउनु र फकाउनुको समस्या, आफैंलाई सम्हाल्नुको अप्ठेरो जस्ता मनोदशाबाट गुज्रिरहनुका बाबजुद आफ्नो दाजुका लागि सबै छोडेर लडिरहेकी युवतीको यो अदम्य साहस सामान्य होइन ।

आफ्नो मृतक दाजुको न्यायको लागि लठैत ब्यबस्थासँग लड्दै अपराधीलाई अदालतसम्म उभ्याउन सफल भएकी छिन् सदिक्षा । सदिक्षाको अभियानका कारण प्रहरीले उनको दाजुको हत्या आशंकामा ६ जना बिरुद्ध कर्तब्य ज्यान मुद्धा अगाडि बढाएको छ । यसअघि प्रहरीले अनुसन्धान प्रतिवेदनमा मृतकको तस्वीर नै फेरेर नक्कली कागजात तयार पारेको आरोप लगाएकी थिइन सदिक्षाले । यिनको साहस र निडरतालाई सलाम!

आवाज विहीनहरुका सदस्यहरुले यस्ता जालसाजीमा कति ज्यान गुमाए होलान् । यस्ता आपाराधिक गतिबिधिका बिरुद्ध यस किसिमका बुलन्दित र प्रतिबद्धतापूर्ण आवाजको अभावमा कयौं अन्यायहरु कति त्यत्तिक्कै बिलाए होलान ।

घटनाको सत्यतथ्य छिटो सार्वजनिक गरियोस । सदिक्षाको साहस र निडरताले बिलाउने गरेका अन्यायहरुका बिरुद्ध आवाज उठाउने काम उत्प्रेरित र अभिप्रेरित हुनेछन भन्ने कुरामा आशाबादी हुन सकिन्छ र त्यस्तो होस – हार्दिक शुभेच्छा !

श्रोत: लुम्बिनी-कपिलवस्तु विश्व अभियानका विस्व संयोजक तथा अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) का विस्व सल्लाहकार रामकुमार श्रेष्ठको फेसबुक पेज

Twitter: @Ramkshrestha