झोला भिरम्ला युटुव ट्रेनिङ्गमा प्रवेश : गरिबको प्रेमकथा मार्फत देखिए गणेश र सारिका (हेर्नुहोस भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा बहुप्रतिभाका धनि लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको नयाँ गीत झोला भिरम्ला भर्खर मात्र सार्वजनिक भएको छ ।

गणेश अधिकारी र कमला पोखरेलको आवाज रहेको सो गीतले माया प्रेमलाई विषय बनाएको छ । गीतमा अत्यन्तै उत्कृष्ट शब्द रहेका छन । सार्वजनिक भएको गीतका केहि शब्दहरु सामाजिक सञ्जालहरुमा निकै रुचाइएका थिए । मायामा एकले अर्कोलाई सम्मान गरिएको विषयलाई गीतले कलात्मक रुपमा उठाएको छ ।

बसन्त नेपाली र गणेश अधिकारीले सिर्जना गरेको सो गीतमा सारिका केसी र अधिकारीको पनि अभिनय देख्न सकिन्छ । गीतलाई लोकप्रिय निर्देशन स्मृति तिमिल्सीनाले निर्देशन गरेकी छन भने योग्सना डिजिटलले बजार ब्यवस्थापन गरेको छ ।

गित अत्यन्तै रुचाईएको र युटुव ट्रेडिङमा प्रवेश गरेको छ |

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :