सदिक्षाले पर्दाफास गरिन

उर्लाबारी । सदिक्षा बाँस्तोला पाइलटकी विद्यार्थी हुन् । अमेरिकामा बसेर अध्ययन गरिरहेकी बाँस्तोला आजभोलि सामाजिक सञ्जालमा छाएकी छिन् । आफ्नो दाइको मृत्यु नभइ हत्या भएको र प्रहरीले सही अनुसन्धान नगरेको भन्दै उनले फेसबुक लाइभ गरेपछि उनी सामाजिक सञ्जालमा छाएकी हुन् ।

मोरङको इलाका प्रहरी कार्यालय उर्लाबारीस्थित इन्स्पेक्टरको कार्यकक्षबाटै फेसबुक लाइभ गर्दै इन्स्पेक्टरलाई कारवाहीको माग उनले गरेकी थिइन् । आइतबार सदिक्षाले उर्लाबारीका इन्स्पेक्टर उद्धव पोखरेलले आफ्ना मृतक दाजुको सम्बन्धमा नक्कली मिसिल तयार गरेको देखेपछि तत्काल सामाजिक सञ्जालमा सार्वजनिक गरेको बताएकी छिन् । प्रहरीले नै सामान्य मिसिल तयार गरी हत्यारालाई बचाउन लागिपरेको उनको आरोप छ ।
हेर्नुस