‘टाढा भएपनि’ले १५ दिनमा एक करोड भ्युज प्राप्त गर्न सफल भएको छ।

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा केन्द्र मोसन पिक्चर्सले निर्माण गरेको गीत ‘फ़ुलबुट्टे सारी’को युट्युब रेकर्डलाई केन्द्र मोसन पिक्चर्सले नै निर्माण गरेको ‘टाढा भएपनि’ले तोडेको छ अर्थात १५ दिनमा एक करोड भ्युज प्राप्त गर्न सफल भएको छ। यसभन्दा अघि फ़ुल्बुट्टे सारीले १८ दिनमा एक करोड भ्युज प्राप्त गरेको थियो।