लोक दोहोरिमै इतिहासमै नया रेकर्ड बनायो बिनोद र अनिता खड्काको पहिलो गीतले, २४ घण्टा नबित्दै १ नम्बर ट्रेन्डिङमा राज गर्दै हेर्नुहोस

काठमाडौं : पछिल्लो समय युटुब पत्रकारिता मार्फत अधिकांश जनमानसमा चिनिएका पत्रकार हुन् सबिन क्षेत्री। गुल्मी निवासी सबिनले विगत लामो समय स्थानीय रेडियोमा काम गरे। बिस्तारै रेडियो हुँदै डिजिटल पत्रकारिता अर्थात् युटुवमा होमिएका सबिनले पछिल्लो समय पत्रकारिता संगै समाज सेवा गर्दै आएका पनि छन् ।

लेकसाइड टिभी नामक युटुब च्यानलबाट युटुब पत्रकारिता सुरु गरेका सबिनले विभिन्न दु`खि पीडित, लगायत विभिन्न प्रतिभाहरुको कथालाई बाहिर ल्याउने काम गर्दै आएका छन् । धेरै दर्शकको प्रिय बनिसकेका सबिन पछिल्लो समय लोक संगीत क्षेत्रलाई अगाडि बढाउन अतुलनीय योगदान दिँदै आएका छन् । सबिनले आफ्नै निर्माणमा धमाधम लोक गीतहरू बजारमा ल्याइरहेका छन् ।

यसैबीच,केही समय अगाडि सामाजिक सन्जाल र टिकटकमा एउटा महन श्रीमानका रुपमा चिनिएका बिनोद खडका र उनकी श्रीमती अनिता खडकाको पहिलो यथार्थ जिबनक`हानी सम्बन्धि गित लिएर सबिन पुनः दर्शक स्रोता माझ प्रस्तुत भएका छन् । गुल्मी पिपलधाराका बिनोद केही समय देखि श्रीमती अनिताको ब्रेन हया`म्रेज जस्तो रोगस“ग लडनको लागि धेरै प्रयास गरे र अहिले धेरै सुधार आएको छ ।

हो उनै श्रीमान श्रीमतीको वास्तविक कथामा आधारित “जिन्दगीले ठ`ग्यो” बोलको गीत सबिनले शनिबार लेकसाइड टिभीको युटुब च्यानलबाट रिलिज गरेका हुन् । गीतमा लोकप्रिय गायक रेशम निर्दोष र गायिका सुनिता बुढाक्षेत्रीको सुमधुर आवाज रहेको छ। गीतका का`रुणिक शब्द नेत्र अर्यालले लेखेका हुन् भने संगीत महेन्द्र भण्डारीले गरेका छन् । गीतले सुन्ने जोकोहीको मन भा`वुक गराउँछ।

रिलिज भएको २४ घण्टा नपुग्दै गीत युटुबको ट्रेन्डिङ १ को यात्रामा उ`क्लिन सफल भएको छ। यो समाचार तयार पार्दा सम्म युटुबको १ नम्बर ट्रेन्डिङमा रहेको छ। गीतको अडियो भिडियोलाई लिएर हजारौं बढी सकारात्मक प्रतिक्रिया युटुबमा देख्न सकिन्छ। उसो त गीतको अडियोसंगै भिडियो पनि का`रुणिक भएको भएर होला छोटो समयमै गीतले दर्शक स्रोताको अत्याधिक साथ पाउन सफल भयो।

भिडियोमा कलाकार रुबिना अधिकारी , बिनोद खड्का र अनिता खडका फिचर्ड छन् । उनीहरूको जीवन्त अनि कारुणिक अभिनय भिडियोमा देख्न सकिन्छ। जुन अभिनय हेर्दा आँखा र`साउने गर्छन् । भिडियोलाई बिनोद भण्डारीले निर्देशन गरेका हुन् । राजेश घिमिरेले खिचेको भिडियोलाई मनोज कार्कीले सम्पादन गरेका हुन् । गीतको अडियो भिडियो निर्माण सबिन स्वयंले नै गरेका हुन् । हेर्नुस् भिडियो…