“नदेउ मनमा चोट” बहुचर्चित गायक गायिका राजु परियार र बिष्णु माझीको आवाजमा सार्बजनिक (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा राजु परियार र बिष्णु माझी को “नदेउ मनमा चोट” सार्बजनिक भएको छ |

तिम्रो नाम यो दिलको, यो साँझ, जाउ जाउ सानु, लगायतका गीतकी मोडल सुष्मा धमला अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

चर्चित गायक राजु परियार र गायिका बिष्णु माझीको स्वरमा रहेको नदेउ मनमा चोट’ गीत सुष्मा धमला र बाबुराम गदालको अभिनयमा भिडियो सहित सार्वजनिक भएको हो ।

यस गीतमा अभिनय गरेका मोडल बाबुराम स्वयंको शब्द तथा लय लय सृजना रहेको यस गीतमा समाजमा बिद्यमान जातिय बिभेदले निम्त्याएका मानसिक पिडा र त्यस त्यो बिभेद खेपिरहेका युवा युवतीले प्रेम समेत गर्न डराउनु पर्ने संरचनाको कारुणिकता र महत्वलाई देखाईएको छ ।

निसान एसकेको निर्देशनमा निर्माण भएको भिडियोलाई दिपक गीरीले छायांकन र अमृत चापागाईंले सम्पादन गरेका हुन् ।पछिल्ला केही बर्ष यता नेपाली कलाकारिता क्षेत्रमा राम्रो संभावना बोकेर देखिएको अनुहार र नाम हो सुष्मा धमला । ए

क दर्जन म्युजिक भिडियोमा अभिनय गरेकी उनले भद्रगोल, तितोपिरो र नगरी हुन्न टेली सिरियलमा अभिनय पनि गरेकी छन् ।

सुष्माले भर्खरै सार्वजनिक गीत नदेउ मनमा चोटबारे सामाजिक संजाल फेसबुकमा भनेकी छन् जातिय बिभेद विरुद्धको यो हाम्रो अभियानलाइ हजुरहरुले हेरेर साथ दिनु होला । हाम्रो यो सानो भिडियो मार्फत छुवाछुत तथा जातिय बिभेद बारे समाजको यथार्थ चित्रण गरिएको छ।

जनचेतनामूलक यस गितलाइ ह्जुर हरुको साथ को खाँचो छ । गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :