धुरु-धुरु रोइन सदिक्षा हरेक रात दाइको यादले निदाएका छैन भन्दै (भिडियो)

सदीक्षा बाँस्तोला अमेरिकाको टेक्सासमा पाइलटको तालिम लिइरहेकी थिइन् । पुस ५ गते राति अचानक फोनको घण्टी बज्यो । त्यसपछि जुरुक्क उठेकी उनी अहिले पनि राम्ररी सुत्न सकेकी छैनन् ।

दाजु प्रवीणको मृ त्युको खबरले उनी घर फर्कने तयारीमा लागिन् । र, तीन दिनपछि उर्लाबारी आइपुगिन् । ‘सक्नै लागेको पढाइ गर्न त जीवन बाँकी छ । तर एक्लो दाजुको मुख फेरि हेर्न नपाउने भएकाले तत्काल प्लेन चढेर आएँ,’ उनले भनिन्, ‘घ टनाबारे बुझ्दा दाजुको सामान्य मृत्यु नभई ह त्या नै भएको निष्कर्षमा पुगें ।’

पटकपटक गएर इलाका प्रहरी कार्यालय उर्लाबारीमा बुझ्दा अनुसन्धान भइरहेको भन्ने तर किटानी जाहेरी लिन नमान्ने गरेको उनले सुनाइन् । ‘पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै किटानी जाहेरी लियो । त्यसपछि सरकारी वकिलको कार्यालयले मुद्दा नचल्ने भन्दै दुई पटक फाइल फिर्ता गरेको पनि जानकारी पायौं ।’

ह त्या घटना भए पनि प्रहरीले संलग्न भएको आरोपमा पक्राउ परेकालाई अभद्र व्यवहारमा मु द्दा चलाएपछि झन् शंका थपिएको उनले बताइन् ।

किटानी जाहेरी दिएको ४/५ दिनमै प क्राउ परेकाहरूलाई सरकारी वकिल कार्यालय विराटनगरको आदेशमा प्रहरीले छाडेको थियो । अनुसन्धानमा प्रहरीले ढिलासुस्ती गर्दै घटना दबाउन खोजेको भन्दै आफन्तको साथमा सदीक्षा आइतबार इलाका प्रहरी कार्यालय पुगिन् ।

‘कस्तो अनुसन्धान भइरहेको भनेर प्र हरीसँग सोधखोज गर्‍यौं । फाइल देखाउन दबाब दियौं,’ उनले भनिन्, ‘फाइल हेर्दा त दाजुको फोटोमा फोटोसप गरी अर्कै फोटो राखेको फेला पर्‍यो ।’ फर्जी फोटो राख्ने प्रहरीले अनुसन्धानमा अरू के–के गरेको होला भन्ने मनमा प्रश्न आएको उनले सुनाइन् ।

त्यसपछि उनले प्रहरी लापरबाहीबारे जानकारी गराउँदै फेसबुकमा लाइभ गरिन् । उनले गरेको लाइभमा प्रहरीले तत्काल अर्को फाइल खडा गरेको समेत रेकर्ड भएको छ ।

हत्या घटनामा प्रहरी अनुसन्धानमा भएको ढि लासुस्ती, प्रहरीको शं कास्पद गतिविधिलाई लिएर चौतर्फी सत्यतथ्य छानबिनको आवाज उठिरहेको छ । उनको अगुवाइमा भएको दबाबले जिल्ला प्रहरी मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा छानबिन टोलीसमेत गठन भएर अनुसन्धान भइरहेको छ । सदीक्षाको आवाजले ह त्या घट ना न्यायालयसम्म आइपुगेको स्थानीय बताउँछन् ।

प्रमाण संकलनका लागि तत्काल लाइभ नगरेको भए आफूलाई गलत सावित गर्न बेर नलाग्ने उनको भनाइ छ । मुद्दा अदालतसम्म पुगेकाले अब न्याय नमर्ने उनले विश्वास गरिन् ।

सामान्य परिवारकी उनी स्थानीय माध्यमिक विद्यालयबाट कक्षा १२ उत्तीर्ण गरेर काठमाडौंको एक इन्स्टिच्युटमा एयर होस्टेजको तालिम लिन्थिन् । सौर्य र श्री एयरलायन्समा काम गरेर उनी पाइलट कोर्सका लागि अमेरिका गइन् । उनको पढाइ सकिन चार महिना बाँकी छ ।

तर दाजुलाई न्याय प्राप्तिको सुनिश्चितता नहुन्जेल नफर्किने उनको अठोट छ । ‘सामाजिक सञ्जालको शक्ति यतिसम्म हुँदो रहेछ भन्ने मैले सोचेको थिइनँ,’ उनले भनिन्, ‘न्यायको यो अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिन्छु ।’

कान्छी सदीक्षासहित तीन दिदीबहिनीका ए क्ला माइती हुन्, प्रवीण । ‘दाइ अब फर्केर त आउन सक्नुहुन्न,’ उनी भन्छिन्, ‘न्याय पाए परिवारका सबैले कम्तीमा चित्त बुझाउँथे, त्यही भएर यत्तिका संघर्ष गर्नुपरेको छ । तर, न्यायको संघर्ष सकिएको छैन ।’ हेर्नुहोस् भिडियो :