लोकप्रिय हास्य टेलिशृंखला ‘हर्के हल्दार” अब देखि आइतबार राति ९ बजे प्रसारण हुने

काठमाडौँ । कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भईरहेको चर्चित हास्य ब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’ फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे प्रसारण हुने भएको छ । समसमाहिक बिषय बस्तुलाई ब्यङ्गत्माक तबर बाट सामाजिक सदभाब फैलाउदै हरेक नेपालीको मन मुटुमा बस्न सफल टेलिचलचित्र ‘हर्के हल्दार’ हरेक नेपालीको ढुकढुकी बन्न सफल भएको छ । समाजका विसंगति विकृतिहरु माथि चोटिलो प्रहार गर्दै आएको ‘हर्के हल्दार’ ले निरन्तर रुपमा सफलता हासिल गर्दै गएको छ । अत्याधिक दर्शकहरुको रोजाइमा परेको यस टेलिचलचित्र युट्युबमा समेत लोकप्रिय बनेको छ ।

शिव शर्माको लेखन रहेको ‘हर्के हल्दार’ को मुख्य भूमिकामा बिष्णु सापकोटा (हर्के र लाउरे) दोहोरो भूमिकामा, शिबहरि बैरागी(झम्के), रोशनी सापकोटा, सुरेन्द्र केसी (झगडे बिष्ने), शिब शर्मा, इन्द्र दोङ्ग खम्बे, सरु दाहाल(देउती), शान्ति बस्नेत (बाग्मती), सुशिला निरौला (बिमली) , अनुमति नेपाली, राजेन्द्र गिरि(गुन्द्रुके), बिनोद परियार, यदु धिताल, अनिता कार्की, बिन्दा दुलाल, बासुदेब खनाल, आयुष्मा कार्की, अर्जुन दम्जाली, श्याम तामाङ, यदुनाथ धिताल, रामेश्वर ढकाल रहेका छन् । छायाँकार प्रवेश पोखरेलको छायांकन रहेको यस टेलिचलचित्रको मेकअपमा संजय लामा रहेका छन् भने सम्पादनमा राज कार्की रहेका छन् ।

निर्माता इन्द्र दोङ्ग लामाको निर्माण रहेको यस चर्चित हास्यब्यङ्ग टेलिचलचित्र ‘हर्के हल्दार’लाइ बिष्णु सापकोटा र इन्द्र दोङ्ग लामाले निर्देशन गरेका छन् । समय सापेक्ष तथा दर्शकहरुको मागलाई ध्यान दिदै ‘हर्के हल्दार’ विभिन्न परिबेशमा परिबर्तन गर्दै दर्शकहरुलाइ नयाँ नयाँ स्वाद दिन पनि सफल भएको छ ।

कान्तिपुर टेलिभिजन बाट प्रत्येक शुक्रबार राति ९ बजे प्रसारण भईरहेको ‘हर्के हल्दार’ सो समयमा दर्शकहरुले अत्यधिक मनपराएको कार्यक्रम “कमेडी च्याम्पिन” आउने भएको हुँदा फाल्गुण २३ गते देखि प्रत्येक आइतबार राति ९ बजे कान्तिपुर टेलिभिजन बाटनै ‘हर्के हल्दार’ प्रासारण हुने हुँदा दर्शकहरुको पर्न गएको असुविधा प्रति ‘हर्के हल्दार’ परिवार क्षमापार्थि रहेको निर्माता इन्द्र दोङ्ग लामा बताउछन। आगामी दिनहरुमा पनि लोकप्रिय टेलिशृंखला हर्के हल्दार यसरीनै माया गरेर हेरिदिनु र सल्लाहा सुझाब दिनुहुन ‘हर्के हल्दार’ परिवार आग्रह गर्दछ।