सामाजिक अभियान्ता शरिन तामाङको उदाहरनिय कदम, महिलासँगै यसरी लगनगाँठो कसिन् (तस्बिरसहित)

काठमाडौं । सामाजिक अभियान्ता शरिन ता’माङले एक जना महिलासँग बिहे गरेकी छन् । शरिनले एक छोरीकी आमा देवी कार्कीसँग शनि’बार बिहे गरेकी हुन् ।सा’माजिक सञ्जालमा समाजसेवीको छबि बना’एकी शरिनले आफूजस्तै महिलासँग बिहे गरेको खबरले उनका फ्यानहरु चकित भएका छन् ।

उनले लामो समयपछि आफू समलिंगी भएको सार्वजनिक गरेकी हुन् । शरिनसँग निकट रहेकी समाजसेवी जुनु पुनले शरिन र देवीले बिहे गरेको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरेकी छन् ।शरिनको एक छोरा र एक छोरी छन् भने देवीको एक छोरी छन् । तर, दुवै जनाको श्रीमानसँग पहिल्यै डिभोर्स भइसकेको जुनु पुनले बताइन् ।

शरिन र देवीको बिहेमा जुनु पुनलाई पनि बोलाइएको थियो । ‘मलाई पनि बोलाइएको थियो, म त रक्सी लगेर जानुपर्ने थियो,’ जुनुले भनिन्, ‘तर सन्चो नभएर जान सकिनँ ।’धरान माइती भएकी शरिन इजराइलमा बस्दै आएकी थिइन् । उनले बेलाबेला सामाजिक विषयमा फेसबुक लाइभमा आएर आफ्नाे भनाइ राख्ने गरेकी थिइन् भने समस्यामा परेकाहरुलाई आर्थिक सहयोज जुटाउने काम समेत गर्दै आएकी थिइन् ।

जुनु पुनका अनुसार उनी एक वर्षदेखि नेपाल आएर काठमाडौंमा बस्न थालेकी हुन् । उनको छोरी जर्मनीमा छिन् भने छोरा आफूसँगै छन् । देवीकी छोरी पनि उनीसँगै छिन् ।स’मलिंगी बि’हेलाई देवीकी आमा-बाबाले सहर्ष स्वीकार गरेका छन् । उनका आमा-बाबाले खुसीसाथ बिहेको आशिर्वाद दिएको जु’नु पुन’को भनाइ छ ।

जुनुकाअनुसार उनीहरु दुवै जना अहिलेसम्म महिलाको रुपमा भूमिका निर्वाह गरेर छोराछोरी, घरपरिवार समेत बनाए पनि हालमात्र दुवैले समाजमा हि’म्मत गरेर उत्रिएका हुन् ।

यो खबर सार्वजनिक डटकम बाटमा छापिएको छ ।

हेरौं केही तस्वीरहरु