यसरी गर्नुहोस बिधिका साथ् स्वस्थानी माताको ब्रत समापन -जय अवास्थानी माता (भिडियो)

अहिलेको आणविक खोजी तथा त्यस्ता अनेक अन्वेषण निरन्तर भईरहेको संसारमा वैदिक सनातन संस्कारको हज्जारौ वर्ष अगाडि लेखिएको यहि स्वस्थानी महीमाका अध्यायहरुमा संसारको उत्पति अनि कणहरु अर्थात् अणु अनि परमाणुहरुको ब्याख्या गरिएको पाईन्छ । स्वस्थानी व्रतकथामा महादेवको सतीदेवी प्रतिको प्रेममय आशक्तिले महिला र पुरुषको अनन्त सम्बन्ध देखाउँदछ भने गोमा ब्राह्मणीको धैर्यताले हामीलाई कस्तै कठिन दुःखमा समेत नडगमगाउन प्रेरित गर्दछ ।

अहिलेको आधूनिक यूगमा र यस यूगले गर्नेखालका तर्कमा आधारीत रहेर पुराना संस्कारहरुलाई बिर्सेर कुल्चदै अगाडि बढ्ने ति हरेक पाईलाहरुले हाम्रा पुर्खाहरुको पालादेखि चलेको यो संस्कारको गहनता बुझ्दै आफ्ना परम्परागत् पहिचानहरुका डोबहरुलाई छोड्न नहुने सन्देश पनि दिएको छ । स्वस्थानी माताले सबैलाई सद्बुद्धि दिनुहोस् ।

हिँउदको जाडोमा न्यानो भएर परिवारका सदस्यहरु एकैठाउँमा भेलाभई बडो श्रद्धापूर्वक यी कथाका अध्यायहरु वाचन गरिन्छ, पौष शुक्ल पूर्णिमामा शुरु भएको यो व्रतकथाका ३१ अध्यायहरु अर्को महिना माघ शुक्ल पूर्णिमाका दिन समापन गरिन्छ । ‘यं व्रह्मा वरूणेरूद्रमरूतबाट शुरु हुने यो कथा’ ‘उपनयतु सकल जगनमङ्गलाय’ मन्त्रका साथै समापन हुन्छ ।

यसरी स्वस्थानी माताको श्रद्धापूर्वक महिनाभरि एकछाक फलाहार खाएर व्रत लिएर कथा श्रवण गरेका भक्तजनहरुले आज विशेष पूजाअर्चना अनि समारोह आफ्नो गक्षअनुसार आयोजना गरेर औपचारीक रुपमा स्वस्थानीको समापन या भनाै साङ्गे गर्ने चलन छ । यस्ता साङ्गेहरुमा छरछिमेक अनि आफन्त बोलाएर शाहाकारी भोजन गराउने अनि कन्याकेटीहरुलाई टीका लगाएर दक्षिणा दिने पनि चलन रहेको छ ।

समापनका अवसरमा धेरै ठाउँमा मेला लाग्ने गर्दछ, जसमा यस स्वस्थानी महिमा कथाको मूल तथा विशेष क्षण अथार्त् काठ्माण्डाैको साँखुस्थित शालिनदीमा एकाविहानैदेखि भक्तजन तथा व्रतालुहरूको बाक्लो उपस्थितिमा विशेष पूजा अर्चना गरिँदै रातभरि जाग्राम समेत वस्ने चलन रहि अाएको छ । सबै उमेर समूहको उपस्थिती धेरै रहने यस्ता जाग्राममा भजन किर्तन गाउने, नृत्य देखाउने र अन्य रमाईला सामाजिक क्रियाकलापहरु पनि हुन्छ । यसरी सामूहिक रुपमै स्वस्थानी परमेश्वरीको व्रतकथा साङ्गे आयोजना गर्दा सम्पूर्ण समूदायलाई फाईदा हुने जनविश्वास छ ।