‘पिपल छायाँले’ भाईरल मेनुका परियार र रामशरण आलेको गितमा बिमल अधिकारी र आयुष्मा कार्कीको अभिनय (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा लोक दोहोरी गीत घैया मकै अहिले पनि टिकटकमा निकै चर्चामा रहेको छ, यो मात्र नभएर युट्युबमा पनि उकालो लाग्ने क्रममा रहेको छ । यसै गीतको अपार सफलतापछि गायक रामशरण आले मगरको स्वरमा अर्को गीत बजारमा आएको छ ।

उक्त गीत मोहन खड्का र अमृता बन्जाराको संयुक्त प्रस्तुतिको रुपमा “पिपल छायाँले” नाममा बजारमा आएको हो । गीतलाई लय मोहन खड्काले तयार परेका हुन् भने शब्द बिमला भुजेलको रहेको छ ।

“पिपल छायाँले” बोलको गीतमा गायक रामशरण संगै अहिलेकी लोकप्रिय गायिका मेनुका परियारको पनि सुमधुर स्वर सुन्न सकिन्छ । गीतको मेलोडी रोमान्चक तर मर्मस्पर्सी भावमा सजिएको यस गितको म्युजिक भिडियोमा बिमल अधिकारी र आयुस्मा कार्कीको आकर्षक अभिनय देख्न सकिन्छ ।

भिडियोलाई निर्देशन प्रविन थापाले गरेका छन् भने छायांकन बिरेन्द्र भट्ट र सम्पादन शक्ति प्रज्वल घिमिरेले गरेका छन् ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :