बैंक खाताबाट हरायो ४ लाख, राती १० बजेबाट मोबाइलमा पैसा झिकेको म्यासेज आउन थाल्यो तर केहि गर्न सकिनन् कलाले

पोखरा । गरिमा बिकास बैंक, बिरौटा पोखरा शाखाबाट एकजना सेवाग्राहीको रकम हराएको छ । बिरौटामा बस्ने स्थानिय कला तिवारीको रकम ६ गते राती देखि ७ गते बिहान सम्म गरेर ४ लाख चोरी भएको पिडित कला तिवारीले बताउनुभएको छ । उहाँका अनुसार जग्गा बेचेको ७ लाख रुपैया ६ गते दिउसो ३ बजे आफुले जममा गरेको र त्यहि दिन राती १० बजेपछि आफ्नो खाताको रकम विस्तारै घट्दै गएको कलदा तिवारीले बताउनुभयो । खाइ नखाई गरेर जोडेको जग्गा बेचेको थिएँ, त्यो पैसा ल्याएर जम्मा गरेको ४ लाख रुपैया हेर्दा हेर्दै चोरे । गरिब दुखीलाई नै यस्तो समस्या पर्दो रहेछ ।

उहाँले बेलुका १० बजे मोबाइलमा आफ्नो खाताबाट पैसा झिकेको म्यासेज आएको भएपनि देख्नुभएन । राती १२ बजे म्यासेज हेर्दा पैसा घटेको थाहा पाउनुभयो । छोरालाई बोलाएर हेर्न लगाँए, पछि बुहारीलाई पनि हेर्न लगाएा । बुहारीले पैसा हराएको भनेपछि मेरो मुटुले ठाउँ छोड्यो, म त थरथरर्ती काम्न थाँले, बेलुका बैंकमा फोन गर्दा पनि उठेन, ७ गते बिहान बैंकमा खबर गरेँ । जिल्ला प्रहरी कार्यलयमा पनि खबर गरेको छु तर अहिलेसम्म पैसा पाइएको छैन । कलाले भन्नुभयो ।

बैंकका बिरौटा शाखाका प्रवन्धक कमल सुवेदीले आफुले जानकारी पाउने बित्तिकै केन्द्रमा जानकारी गराएको र केन्द्रबाट थप अनुसन्धान भईरहेको जानकारी दिनुभयो । त्यस्तै बैंकका पोखरा क्लष्टर प्रमुख भोला प्रसाद तिवारीले उक्त रकम मोबाइल र कोडको गलत प्रयोग गरेर रकम ट्रान्सफर गरेको प्रारम्भीक रुपमा खुलेको भन्दै ग्राहाकको खाताबाट हराएको रकम जसरी पनि पत्ता लाग्ने र पिडितलाई जसरी पनि न्यान दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुबास हमालका अनुसार आवश्यक कगजात मगाएर अनुसन्धान भईरहेको छ ।

पछिल्लो समय विद्युतिय माध्यमबाट हुने अपराधहरु बढिरहेका छन् । पछिल्लो समय सेवा दिने प्रतिष्पर्धाको नाममा बैंकहरुले मोबाइल बैंकिङ सेवा दिदै आएका छन् । सेवा दिने अनि सेवा लिने तर सुरक्षाको विधि बैंकहरु र स्वयम सेवाग्राहीहरुले पनि नपनाउदा विभिन्न अपराधिक घटनाबढीरहेका छन् । त्यसैले आफुले लिएको सेवा र त्यसको सुरक्षित कारोबार कसरी गर्न सकिन्छ भनेर सबै सेचत हुन जरुरी रहेको छ ।