प्रविण वास्तोला प्रकरणः यस्तो आयो फैसला (भिडियोसहित)

मोरङको उर्लाबारी–५ का प्रविन बास्तोलाको हत्याका प्रतिवादीमध्ये एकजनालाई पूर्पक्षका लागि थुनामा र एकजना विरुद्ध तीनलाख धरौटी आदेश भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय मोरङले अभियोजन दर्ता गर्दा अभियोगपत्रसहित अदालतमा उपस्थित भएकामध्ये रिकेश शिवा भनिने मेहरमान दर्जीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश गरिएको हो । जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्र धमलाका अनुसार न्यायधिश सुदर्शन लामिछानेको आदेशले दर्जीलाई पूर्पक्ष र अर्का कुमार राईलाई तीनलाख धरौटी माग गरिएको छ ।

‘महेरमान दर्जी कसुरदार हुन भन्ने मुनासिव आधार देखिएकोले मुलुकु फौजदारी कार्यविधि संहिता २०७४ दफा ६७ को उपदफा १ को देहाय ‘क’ बमोजिम थुनामा राखि मुद्दाको पूर्पक्ष गर्नुपर्ने ठहर्छ’ आदेशमा भनिएको छ ।