भुन्टी कान्छीकी छुच्ची मुकुली पहिलोपटक श्रीमान र छोरीसहित मिडियामा, एकअर्काको पोल खोल्दै हँसाए हेर्नुहोस

काठमाडौँ | नेपालकै चर्चित सिरियल ‘भुन्टी’ र कान्छिमा पनि तपाई हामीले छुच्ची र रिस उठ्दो भुमिकामा देख्ने ‘मुकुली’ अर्थात रिता सिवाकोटी वास्तविक जीवनमा भने साह्रै कोमल मनकी, दयालु र मानव सेवा भनेपछि हुरुक्कै हुनेछिन् । बिगत १० बर्षभन्दा लामो समयदेखि उनी परिवार बिहिन बालबालिकाको आमाको भुमिका खेलिरहेकी छिन् ।

यतिबेला उनीद्धारा सन्चालित ‘फ्युचर होप नेपाल’मा २३ जना बालबालिकाहरुको जीवन फुल्दै छ । आशा खड्काका् चर्चामा रहेको भुन्टी सिरियलमा उनको चरित्र देखेर सबैले उनलाई कमेन्टमा नराम्रो लेख्छन् तर उनको रियल जीवनमा कामको बारेमा थाहा पाएर सबै दँग पर्छन् । कलाकार बन्न काठमाडौं आएकी रिताको जीवन कथा कुनै चलचित्रको जस्तै छ ।

गोपाल भुटानीसँग आशिर्वाद लिएर कलाकारिता थालेकी रिताले एक सुटिँगकै क्रममा फोन आयो । त्यो फोन एउटा बच्चाको थियो । आफु सधैं तपाईसँग बस्छु नि, मेरो बुवा आमा हुनुहुन्न भनने उक्त बालकको फोनले रिताको जीवन फेरियो । आज उनी मुकुली अर्थात रिता शिवाकोटी श्रीमान र छोरीसहित पहिलोचोटी मिडियामा आएकी छिन हेर्नुस |