प्रम ओलिले चीन- नेपाल मैत्री औद्योगिक पार्क सिलान्यास गर्ने , मु:आब्जा बिबादबारे अध्यक्ष थापा अनबिज्ञ

युबराज रेग्मी
फाल्गुन १३ , झापा /
झापाको दमक गौरादह र कमल गाउँपालिका छेत्रमा बन्ने भनिएको चीन – नेपाल औधोगिक पार्क सिलान्यास तयारी तिब्र रुपमा हुदैछ । औद्योगिक छेत्र ब्यबस्थापन लि. दमकका कार्यालय प्रमुख सन्जय थापाको तर्फ बाट उक्त प्रस्ताबित औधोगिक पार्कका अध्यक्ष गोबिन्द थापाले बुधबार झापाको दमक स्थित होटेल कामाक्षामा सरोकार वाला पालिकाका वडा अध्यक्ष अन्तरगत गौरादह नगरपालिका वडा न ५ का वडा अध्यक्ष छ्त्रपति सुवेदी साथै पत्रकार हरुमा इन्टरनेसनल न्युज एजेन्सीका सस्थापक राजकुमार रेग्मी लगायत दमक गौरादह र बिर्तामोड छेत्रमा सकृय रुपमा पत्रकारिता गर्ने पत्रकारहरु बिच भेटघाट गर्दै उक्त जानकारी गराएका हुन ।

औधोगिक पार्कको नामले परिचित यो प्रस्ताबित परियोजना जनता सग प्रत्यक्ष सरोकार राख्ने बिकासको फरक मोडेल भएकोले जनतालाई रोजगारिको अबसर दिलाइ सरकार पक्षलाई आर्थिक रुपमा समृद्ध बनाउने मेरुदण्ड हुने अध्यक्ष थापाले बताए । यो परियोजना नेपाली जनताका निमित्त ठूलो संख्यामा रोजगारीको सिर्जना गराउने परियोजना हुने बताउदै रोजगार साथसाथै यसले नेपाल लाई विश्व बजारमा चिनाउने अबसर प्रदान गर्ने हुनाले हाल नेपालले खेपिराखेको व्यापार घाटा लाई समाप्त पार्दै २ बर्स भित्रमा नाफामा परिणत गर्ने बताए । पहिलो चरणमा २६ वटा उधोगहरु स्थापीत हुने र यसको उत्पादनले विश्व बजारमा प्रबेस गर्ने साथै नेपाली बजारको मागलाई पनि पूरा गर्ने औधोगिक ग्राम समेत हुने बताए । यो औद्योगिक पार्क स्थापना भइ संचालनमा आएमा संसारमा नेपाली उत्पादन पुगि नेपाल र नेपाली लाई चिनाउने बताए ।

नेपाली हरुका निमित्त यो ऋण नभएर लगानि हुने बताउदै यसको घाटा उधोगीले ब्यहोर्ने हुनाले नेपाली जनतालाई यस औद्योगिक ग्राममा घाटा भएमा त्यसले नेपाली लाई असर नपार्ने प्रस्ट पारे । स्थापनाकालको करिब २ बर्स भित्रमा उधोगका उत्पादनहरु बजारमा आउने बताउदै यसले चीन र नेपालको सम्बन्धलाई अझ सुदृढ पार्दै रोजगारिको अबसर प्रदान गराएर नेपाललाई विश्व बजारमा चिनाउने बताए ।

कार्यक्रममा परियोजना बारे प्रष्ट पार्दै परियोजनाले विश्व मानव बिकास लाई सहयोग पुर्याउने बताउदै यो पार्क नेपालकै सबैभन्दा ठूलो पारदर्शी र प्रबिधीयुक्त पार्क हुने बताए ।

यसको कुल लगानी हाल एकिन नभएपनि पहिलो चरणमा ७० अर्ब सम्म हुन सक्ने बताए । चर्चा र बिबादकै बिच यहि फाल्गुन १६ गते प्र.म. ओलि बाट सिलान्यास गराउने तयारी गरिएको यस परियोजना कुल २२ सय बिगाहा छेत्रफलमा फैलिने र हाल १३ सय बिगाहा जमिन एकीकृत गरिसकिएकको बताए । सुरुवाती चरण देखि चुलिएको मु:आब्जा सम्बन्धी बिबादबारे हाल के भैराखेको छ ? भनि सोधिएको पत्रकारहरुको जिज्ञासा बारे उत्तर दिदै आफू उक्त विषयमा अनभिज्ञ रहेको र उक्त जिज्ञासा बारे सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी लाई सोध्न भनी अध्यक्ष थापले घुमाउरो पारामा जबाफ दिएका थिए।
यस परियोजनाको मुख्य उधेस्य बैदेसिक रोजगारीलाई दुरुत्साहन गरि स्वदेसमै रोजगारिका अबसरहरु सिर्जना गराउने बताए ।

पार्कको बिसय लाई लिएर स्थानिय पिडितहरु आन्दोलित :
—————————————-

अर्को तर्फ त्यहाका स्थानियहरु भने औद्योगिक छेत्र बनाउने बहानामा आफूहरु सग जग्गा अधिग्रहण गरि अतिनै न्यून मुल्यमा जग्गा लिइ हाल सोही जग्गालाई गोप्य रुपमा महङ्गो मुल्यमा बिक्री बितरण गरिइरहेको पाइएकोले आफूहरु अन्यायमा परेको बताउदै आएका छ्न । प्रस्ताबित औद्योगिक पार्क बारे असन्तुष्ट ब्यक्त गर्दै संगठित रुपमा बिरोधमा उत्रिएका स्थानिय पीडित हरुले ओलिले यहि १६ गते सिलान्यास गरिने कार्यक्रम आफुहरुलाइ मान्य नहुने र उक्त सिलान्यास कार्यक्रम लाई संघीय लिम्बुवान मञ्चको नेतृत्वमा अबरोध गरिने बताउदै आफुहरुको माग सम्बोधन नगरिए आफूहरु निरन्तर बिरोधमा उत्रने बताउदै आएका छन ।

यहि फाल्गुन ५ गते संघीय लिम्बुवान मञ्च नेपालको आयोजनामा गौरादह नगरपालिकाको गौरादह बजारमा आयोजित सरकारको प्रतिगमन बिरुद्धको बिरोध तथा लिम्बुवान पहिचान एबम क्लिन पार्क सरोकार सभा लाई सम्बोधन गर्दै मञ्चका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन ले उक्त औधोगिक पार्कको सिल्यान्यास कार्यक्रम आफू हरुलाइ मान्य नहुने बताउदै प्र.म. ओलिलाइ चेतावनी दिदै दमकमा निर्माणाधीन अवस्थामा रहेको क्लिन पार्कका पीडितलाई उचित सम्बोधन गर्नुपर्ने बताउदै आएका छ्न । उनीहरुले आफुहरुलाइ रोजगारको प्रत्याभुती दिनुपर्ने माग राख्दै संघीय लिम्बुवान मञ्च नेपाल बिगत देखिनै निरन्तर रुपमा संघर्षमा उत्रदै आएको छ ।

संघर्षकै क्रममा संघीय लिम्बुवान मञ्च नेपालले फाल्गुन ५ गते गौरादह बजारमा आयोजित विशाल जनप्रदर्शन एबम जनसभालाई मञ्चका अध्यक्ष कुमार लिङ्देन (मिराक) लगायतका नेताहरुले सम्बोधन गरेका थिए । चिनियाँ लगानीमा बन्दै गरेको पार्कका पिडितहरुलाई उचित सम्बोधन हुनुपर्ने माग मञ्चले शुरुदेखिनै उठाउँदै आएको थियो ।

सोही कार्यको सुनुवाइको माग राखेर लिम्बुवान मञ्चले दमक र गौरादहमा विशाल सभा गर्दै आफ्नो सक्ति प्रदर्सन गर्दै आएको छ ।
झापाको गौरादह , दमक र कमल गाउँपालिकाका भुभाग हरु जोडेर हजारौं विगाह जमिनमा बन्न लागेको क्लिन पार्कले पिडित बनाएपछि स्थानिय पीडितहरु आफ्नो माग राख्दै अघी सर्न थालेका हुन । स्थानियहरुले न्यायोचित मु:आब्जा प्राप्त नगरेको भन्दै मञ्चले तत्काल वैज्ञानिक ढंगले पीडितहरुको मुआब्जा वितरण गर्न माग समेत गरेको छ ।