‘चरी उड्यो’ मा रिना केसी र विमल परियारको ओवि र सारिकाको मनछुने अभिनय (भिडियो)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा भंगेरी चरीबाट नेपाली लोक संगितमा निकै चर्चामा रहेकी लोक तथा दोहोरी गायीका रिना केसीले ‘चरी उड्यो डाली छोयर’ दोहोरी गित सार्वजनिक गरेकी छन ।

परदेशी र घरदेशीको कथाले समेटिएको उक्त गितमा गायीका केसी र बिमल परियारको स्वर रेहेको छ । उक्त गित गायीका केसीको आफ्नै युबट्युब च्यानल मार्फत आईतबार भिडियो सार्वजनिक भएको छ । गितको शब्द र लय चर्चित गायक तथा शब्द संकलक शंकल्प सुवेदीको रहेको छ ।

चर्चित निर्देशक कपिल लामाको निर्देशनमा निर्मित उक्त गितको भिडियोमा पछिल्ला समयमा लोकप्रिय मोडल ओबी रायमाझी र सारिका केसीले अभिनय गरेका छन । जनता डिजिटलको प्रोड्क्सन रहेको उक्त गितमा पदेशीले भोग्नु परेका कुराहरुलाई चित्रण गरिएको छ ।

गितले सवैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना सहित गितको पुरा म्युजिक भिडियो हेर्नुहोला :