ने. बि. संघ द्वारा लोकतन्त्रको जित भन्दै ओलिको निर्बाचन छेत्रमा दिप प्रज्ज्वलन

युबराज रेग्मी
फाल्गुन ११, झापा /

प्र. म.ओलिको गृह जिल्ला तथा उनकै निर्वाचन क्षेत्र समेत पर्ने गौरादह नगरपालिकाको डिपु चोकमा नेपाली काङ्ग्रेसको भात्री संस्था नेपाल विद्यार्थी संघ नगर समितिले सर्बोच्चको कदमको स्वागत गर्दै दिप प्रज्ज्वलन गरेको छ । नेपाल विद्यार्थी संघ नगर समितिको आयोजना तथा नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पस र गौरादह बहुमुखी क्याम्पसको संयुक्त संयोजकत्वमा सर्बोच्च अदालतको सुनुवाइको स्वागत गर्दै गौरादहको डिपु चोकमा दिप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेको छ ।

प्र.म.ओलिले गत पुस ५ गते गरेको प्रतिगमनकारी कदमलाई किनारा लगाउदै सर्बोच्चले दिएको आदेसको स्वागत गर्दै ने. बि. संघले दिप प्रज्ज्वलन कार्यक्रम गरेको हो । दिप प्रज्ज्वलन कार्यक्रम लाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ केन्द्रीय उपाध्यक्ष तुलसा पन्तले प्रतिगमको बिरुद्द चालिएको संघर्सका बाबजुद संसद पुनर्स्थापना भएकोले सर्बोच्चको कदमको स्वागत गर्दै दिप प्रज्ज्वलनमा सहभागी भएको बताइन ।

राज्यको सर्बोच्च सस्थाको कदर र प्रधान न्यायाधीश चोलेन्द्र सम्सेर राणाको सुनुवाइ प्रती आभार ब्यक्त गर्दै इतिहासका विभिन्न कालखन्डमा आइपर्ने समस्यामा न्यायालय कहिलेइ नचुक्ने बताउदै न्यायालय कसैको प्रभाब र दबाबमा नपर्ने कुरा आज नेपाली जनताले महसुस र मनन गरेको बताइन । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ गौरादह कृषि क्याम्पस इकाइ समितिका सभापती कुशल लामिछानेले आज सम्पुर्ण नेपाली जनता र लोकतन्त्रको जित भएको बताए ।
कार्यक्रम लाई सम्बोधन गर्दै नेपाल विद्यार्थी संघ नगर सभापती बाबुराम नेपालले ओलिको संविधान च्यात्ने कदमको प्रयास बिरुद्ध नेपाली काङ्ग्रेसले चालेको प्रतिगमन विरुद्धको कदम अनुरुप सर्बोच्चको फैसलाको स्वागत गर्दै नेपाली काङ्ग्रेस जहिलेपनी विधि र बिधान अनुरुप चल्ने भएकोले आज नेपानी काङ्ग्रेस र नेपाली जनता सफल भएको बताए ।

त्रिभुवन बिश्व बिध्यालय गौरादह कृषि क्याम्पस एकाइ समिति सचिब कुशल ढुङ्गानाले सन्चालन गरेको स्वागत तथा दिप प्रज्ज्वलन कार्यक्रममा नेपाली काङ्ग्रेस छेत्रीय सभापती ढुन्डिराज भण्डारी , महाधिबेसन प्रतिनिधि लक्ष्मी बाराकोटी , महाधिवेशन प्रतिनिधि सिताराम भट्टराई ,नगर सभापती यादब राज सेडाइ , युबा नेता महेन्द्र भट्टराई , ने. का .नेता हेमन्त कार्की लगायत ने. बि. संघका दर्जनौ बिध्यार्थीहरुको बाक्लो उपस्थिति रहेको थियो ।