इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने

काठमाडौँ । इजिप्टमा आयोजना हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगीता ‘मिस इको इन्टरनेशनल २०२१’मा नेपालको प्रतिनिधित्व अनुश्मा रायमाझीले गर्ने भएकी छन् । मिस इकोका लागि आधिकार प्राप्त नेपाली संस्था ग्रिन आर्ट मिडियाले उक्त प्रतियोगीतामा नेपाली प्रतिनिधिको रुपमा रायमाझीलाई पठाउन लागेको हो ।

१८ मार्चदेखि ५ जुनसम्म आयोजना हुने उक्त प्रतियोगीताका लागि रायमाझी ‘मिस इको इन्टरनेशनल नेपाल २०२०’को बिजेता भएपछि छानिएकी हुन् । ६० बढी देशका इको सुन्दरीहरुको सहभागीता रहने प्रतियोगीताका लागि रायमाझी नेपालबाट एक्लो सहभागी हुनेछिन् ।

२१ बर्षीय रायमाझी प्रतियोगीताका लागि मार्चको पहिलोसाता इजिप्ट उड्ने तयारीमा छिन् । कल्चरल ड्रेस र देशमा रहेको सांस्कृतिक र पर्यटकीय स्थानको प्रतियोगितामा आफुले प्रचार गर्ने उनले बताइन् ।

मिस इको इन्टरनेशनलको रायमाझी नेपालको छैठौ सहभागी हुन् । यसअघि प्रतियोगिता प्रिन्शा श्रेष्ठ, नग्मा श्रेष्ठ, रोनाली अमात्य, मुना गौचनले, मौनता लामा सहभागिता जनाएका थिए ।

‘मिस इको इन्टरनेशनल’ एक प्रतिष्ठित अन्तराष्ट्रिय सुन्दरी प्रतियोगिता हो । जसको एल.टी.सि.पि. अर्गनाईजेशनले ब्युटी फर इको’ जागृत गर्दै टुरिजम् र वातावरणको विषयलाई मुख्य कार्यक्षेत्र बनाई इजिप्टबाट २०१५ देखि सुरु गरेको हो । यसको मुख्य उद्देश्य विश्वभरीका पर्यावरण, संस्कृतिलाई अन्तराष्ट्रिय नेटवर्क मार्फत सुचना प्रवाह गर्ने रहेको छ ।

‘मिस इको इन्टरनेशनल’को उपाधि नेपाल भित्रिने आसा सहित रायमाझीलाई प्रतियोगितामा पठाउन लागिएको ग्रिन आर्ट मिडियाका सिइयो प्रविन लाकौलले बताए । ग्रीन आर्टस मिडियाकी अनिला श्रेष्ठ मिस इको नेपालको आधिकारिक राष्ट्रिय निर्देशकको रुपमा रहेकी छन् ।