आज बिशेष दिन ” प्रधानमन्त्री ओलीको जन्मदिन, ७० बर्षमा प्रवेश गरे ओली”

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको आज जन्मदिन परेको छ। तेह्रथुमको ईवा गाविसमा २००८ सालमा जन्मिएका ओलीको आज ७०औं जन्मदिन परेको हो। ओली स्वर्गिय मधु ओली र मोहनप्रसाद ओलीका सन्तान हुन्। गतबर्ष आफ्नो जन्मघर तेह्रथुममा जन्मदिन मनाउँने क्रममा नेपालको नक्सा आकृतिको १५ केजीको केक काटिएको भन्दै समाजिक सञ्जालमा ओली र उनको सचिवालयको आलोचना भएको थियो । त्यस्तै, जन्मदिन समारोहमा राजसी शैली देखिएको भन्दै त्यसले नेकपाले जारी गरेको आचारसंहिता उल्लङ्घन गरेको समेतत टिप्पणी भएको थियो ।
साभार ReportersNepal