ओसाकालाई अष्ट्रेलियन ओपनको महिला तर्फको उपाधि

जापानी खेलाडी नाओमी ओसाकाले अष्ट्रेलियन ओपन टेनिसको महिलातर्फको उपाधि हात पार्नुभएको छ ।

अष्ट्रेलियाको मेलबर्नमा हिजो भएको फाइनल खेलमा अमेरिकी खेलाडी जेनिफर ब्राडीलाई पराजित गर्दै ओसाकाले उपाधि हात पार्नुभएको हो ।

उपाधि जित्ने क्रममा तेस्रो वरीयताका ओसाकाले २२ औं वरीयता प्राप्त ब्राडीलाई ६–४ र ६–३ को सेटमा पराजित गर्नुभएको हो । यससँगै ओसाकाले दोस्रो पटक अष्ट्रेलियन ओपनको उपाधि जित्नु भएको छ ।

यसअघि ओसाकाले सन् २०१९ माअष्ट्रेलियन ओपनको उपाधि जित्नुभएको थियो । ओसाकाको यो चौंथो ग्राण्डस्लाम उपाधि हो । यस्तै प्रतियोगिताकोपुरुषतर्फको उपाधि खेल आज हुँदैछ ।

पुरुष तर्फ हुने उपाधि खेलमा नोभाक जोकोभिच र डानिल मेदभेदेबबीच प्रतिस्पर्धा हुनेछ ।