नेपाली लोक दोहोरी क्षेत्रका अग्रज कलाकार बम बहादुर कार्किको ‘रारा तालैमा’ गितले कसको मन न छोला र ? (भिडियो सहित)

काठमाडौँ । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रका अग्रज कलाकार बम बहादुर कार्किको नयाँ रारा तालैमा’ बोलको गीत बजारमा आएको छ । तीन बर्ष अघि सङ्गीतकार बि बि अनुरागीले सङ्गीत संयोजन गरेको सोही गीत अहिले भने छायाङकन गरी बजारमा ल्याईएको हो । म्युजिक ट्र्याकमा देस विदेसका मञ्चमा गाउँदै हिड्दा ग्राहकको माया र मागलाई सम्बोधन गर्दै अहिले छायाङकन गरी बजारमा ल्याईएको हो ।

गीतमा लय, शब्द तथा स्वर स्यम बमबहादुर कार्कीको रहेको छ भने निर्देशन प्रकाश भट्टले गरेका छन् । गीतको छायाङकन सुरेश श्रष्ठले गरेका छन् भने सम्पादन विष्णु शर्माले गरेका हुन् ।

निर्माता शिवा आले कार्की रहेकी छिन् भने दृष्य निमार्ण साई भिजन प्रा।लिले गरेको हो । गीतमा अभिनय महेन्द्र गौतम, अञ्जली अधिकारी, सिताराम पौडेल र खेम बाले गरेका छन् ।
हेर्नुहोस भिडियो सहित !