‘के दिऊ मायालाई चिनो’ पुश्कल शर्मा र रचना रिमालको आवाजमा सार्वजनिक (भिडियोसहित)

पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गित दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् ।

लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय एकपछि अर्को गरेर गीतहरु आउनेक्रम बढेको छ । मायाप्रेम र बिछोडले भरिएका गीतहरु दैनिकजसो बजारमा आईरहेका छन् । त्यसो त रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शकश्रोताले रुचाउछन् ।

नेपाली गीत संगीतको क्षेत्रमा एकपछी अर्को गर्दै निकै उत्कृष्ट गीत संगीत बजारमा आइरहेका छन् । सोहि क्रममा नेपाली लोक दोहोरी क्षेत्रमा छोटो समयमै आफ्नो छुट्टै पहिचान बनाऊन सफल, वियोगान्त गित संगितका धरोहर, लोकप्रिय गायक, गितकार, संगितकार, निर्देशक, मोडेल, समाजसेवी, सहयोगी भावनाका धनि, सबैसंग सम्मान व्यवहार गर्ने, कसैको आखामा राख्दा पनि नविझाऊने लोकप्रिय व्यक्तित्व पुश्कल शर्माको बहु-प्रतिक्षित गित ‘के दिऊ मायालाई चिनो’ भखरै सार्वजनिक भएको छ ।

गितमा लोकप्रिय गायक पुश्कल शर्मा र लोकप्रिय गायिका रचना रिमालको सुमधुर आवाज सजिएको छ । पुश्कल शर्माकै उत्कृष्ट लय शब्द रचना रहेको गितमा कृष्ण विक ‘भान्जा’को संगित संयोजन रहेको छ । मायालाई चिनो दिने कुराहरु गितमा निकै उत्कृष्ट शैलिमा दर्शाईएको छ ।

गितको म्युजिक भिडियो पनि निकै उत्कृष्ट वनेको छ , काजिश श्रेष्ठको निर्देशनमा तयार पारिएको गितको म्युजिक भिडियोमा पछिल्लो समयमा निकै व्यस्त एवम् चर्चित कलाकार अन्जलि अधिकारी संगै पुश्कल शर्माकै अभिनय एवम् फिचर रहेको छ भने साथसाथै सवि शर्मा, अनुपा अधिकारी, समिक्षा पोखरेलको पनि अभिनय म्युजिक भिडियोमा देख्न सकिन्छ |

समस्तमा गितको म्युजिक भिडियो निकै उत्कृष्ट अनि फरक वनेको छ, भिडियोमा शर्माले निकै फरक फरक लुक्समा आफुलाई दर्शाएका छन् | गितको म्युजिक भिडियोमा अजय रेग्मिको छांयकन तथा दिपक विष्टको सम्पादन रहेको छ ।

मन्दिर म्युजिक प्रा.लिको प्रस्तुतिमा रहेको उक्त गितको अफिसियल म्युजिक भिडियो पुश्कल शर्माकै अफिसियल युटुव च्यानलबाट रिलिज भएको छ । उक्त गितको प्रतिक्षामा शर्माका धेरै फ्यानहरु, शुभचिन्तकहरु रहेका थिए |

गितले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामनासहित भिडियो हेर्नुहोस् ।