नेपाली पत्रकारितामा निरन्तर योगदान दिदै आउनु भएका नबिन पोखरेल ज्यु नेपाल फिल्म सोसाइटी युकेको मिडिया संयोजक

स्कटनेपाल,

लामो समयदेखि बेलायतमा रही नेपाली पत्रकारितामा निरन्तर योगदान दिदै आउनु भएका नबिन पोखरेल ज्यु नेपाल फिल्म सोसाइटी युकेको मिडिया संयोजक बन्नु भएको छ।

नेपाल फिल्म सोसाइटी गत वर्ष कलाकार जानकी पन्त जून को अध्यक्षतामा बेलायतमा कार्यसमिति गठन भएको थियो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा विक्रमदास जोशी, प्रथम उपाध्यक्षमा कुमुदराज पन्त, द्वितीय उपाध्यक्षमा निरज शर्मा, सचिव मधुसुदन थापा मगर, सह सचिव गणेश गुरुङ, कोषाध्यक्ष माया गुरुङ मिचेल, संयोजक राज खत्री छन ।

सदस्यहरुमा रोमियन वनेम, ध्रुव दत्त, सोहम भेटवाल, देव गुरुङ, टिका अधिकारी, मोहन ओली र तारा गर्बुजा मगर छन् ।

यसैगरी सल्लाहकारहरुमा एकेन्द्र गुरुङ, सपनकुमार राई, सनमकुमार बैराग, मनिष श्रेष्ठ, विपी खनाल, पुरन गिरी र कुशल श्रेष्ठ छन्।