हल अफ फेम सिजन २ का टप ९ फाइनलिस्टहरुः सिकर्मीदेखि सुपरस्टारसम्म

भर्चूअल रियालीटी शो, हल अफ फेमको सिजन २ का एपीसोडहरु प्रसारण भइरहेका छन् । सिजन २ को एपीसोड ८ मा आइपुग्दा हल हफ फेममा च्यालेन्ज राउण्ड शुरु भइसकेको छ ।

नवौं र दशौं श्रृखलामा हल अफ फेमको सिजन २ले टप नौं फाइनलीस्टहरु पाइसकेको छ । नेपालभरि अनि विश्वका कुनैपनि कुनामा रहेका नेपाली गीतसंगितका प्रेमीहरुका लागि एउटा साझा थलोका रुपमा स्थापित भएको रियालीटी शो, हल अफ फेमको सिजन २ मा निकै मिहिनती र राम्रो गायकी भएका प्रतिस्पर्धिहरु टप ९ मा छनौट भएका छन् ।

टप ९ मा छनौट भएका ९ जना नै प्रतिस्पर्धिहरुसंग १०औं श्रृखलामा कुरा गरिएको छ । कार्यक्रमका होस्टहरु पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठ र स्ट्याण्ड अप कमेडियन सुमन कार्की छन् । १०औं श्रृखलामा होस्ट सुमन कार्कीले टप नौं फाइनलिस्टहरुसंग अन्तरगं कुराकानी गरेका छन् ।

टप ९ फाइनलीस्टहरुमा राती दोहोरी साँझमा गाउने अनि दिउँसो सिकर्मिको काम गर्ने पूर्ण बिकेले आफू अष्ट्रेलीया गएर आफ्नो प्रस्तुति दिने सपनामा एक कदम अगाडि बढेको अनुभव भएको बताएका छन् ।

अर्की टप ९ फाइनलीस्ट सुदिक्षा तामागंले पनि आफू रेष्टुरेन्टहरुमा गीग गर्ने बताएकी छिन् । तिमी नै हौ वोलको गीत पनि गाएर सुनाएकी सुदिक्षाले हल अफ फेमको सम्पूर्ण टिम र दर्शकहरुलाई पनि धन्यवाद दिन भ्याइन ।

अर्का टप फाइनलीस्ट समीर लिम्बुले पनि आफू अहिले भोकल कक्षाहरु लिइरहेको बताएका छन् । अर्का टप फाइनलीस्ट रुपेश पोख्रेलले आफ्नो हल अफ फेम सिजन २ को यात्रालाई म्यूजिकको सहाराको रुपमा बताए । हल अफ फेममा आउन अगाडि आफू संगित कक्षा जाने र गीग गर्ने बताएका रुपेश अहिले चाँही मेची भन्सारमा काम गर्ने बताए ।

यस एपीसोडमा ईलामवाट आएका अर्का टप ९ फाएनलीस्ट टीका मगरले पठाएका भिडियो सन्देश पनि प्रसारित गरिएको छ । आफू एकदम धेरै खुशी र आभारी रहेको बताँउदै ईलामवाट टीका मगरले हल अफ फेमलाई एकदम राम्रो थलोका रुपमा वयान गरेका छन् । कक्षा ९ मा पढ्दादेखि मञ्चमा उक्लेर माइक समाएका टीका भविष्यमा संगितकै क्षेत्रमा केहि गर्ने बताएका छन् । अर्का टप फाइनलीस्ट धरानका रोनीश श्रेष्ठले हल अफ फेमवाट धेरै कुरा सिकेको बताए ।
बुटवलका अर्का फाइनलीस्ट बिजय सुनुवारले एमएनटिभी अष्ट्रेलीयालाई लकडाउन र बन्दाबन्दीको अवस्थामा पनि प्रतिभा प्रस्फुटनका लागि हल अफ फेमको तारिफ गरेका छन् । आफू र आफ्नो गीतारको साथ वयान गर्दै बिजयले हल अफ फेम प्रति आधारी रहेको बताए ।

हङ्गकङमै जन्मिएका नामसाङ्ग राई पनि हल अफ फेमका अर्का टप ९ फाइनलीस्ट हुन् । भिडियोमा उन्ले आफू त्यहाँको एउटा रेष्टेरेन्टमा सुपरभाइजरका रुपमा काम गरिरहेको बताँउदै आफूले नेपाली सांगितिक रियालिटी शो मा भाग लिन पाँउदा धेरै खुशी रहेको बताए ।

त्यस्तै अष्टैलीया मेलवर्नवाट जेनी तामागंले आफू ३ वर्ष अघि आफू त्यहाँ पुगेको बताइन । बिधार्थीका रुपमा त्यहाँको बसाई चुनौतिपूर्ण रहेको भएतापनि आफू टप ९ मा परेकोमा धेरै खुशी रहेको बताइन । लकडाउनको समयमा नै यस प्लाटफर्म ल्याएको र प्रतिभा देखाउने अवसर दिएकोमा उनी आभारी रहेको बताएकी छिन् ।

त्यस्तै अष्ट्रेलीयावाट गायक कुशल आचार्यले हल अफ फेमका लागि शुभेच्क्षा दिएका छन् । कुशल आफू चाँही द भ्वाइस अफ नेपाल सिजन २ का फाइनलीस्ट हुन् ।

यस श्रृखलामा नेपालका रेकर्ड ब्रेकिंग गायिका टीका प्रसाई पनि अतिथिका रुपमा देखिएकी छिन् । १०औं श्रृखलामा पूर्व मिस नेपाल सदिक्षा श्रेष्ठचाँही किन आउन सकिनन भन्ने खुलाएको छैन । आशा छ , आगामी श्रृखलामा सदिक्षालाई देख्न पाइनेछ ।
कार्यक्रम हेर्नका लागि यहाँ क्लीक गर्नुहोला