#कहिलेकाँही एक घण्टा मात्र बिद्वानहरूको गफ सुन्दा पनि दिमागमा थुप्रै तरँग उत्पन्न हुन्छन। डा. भरतराज पौडेल

#कहिलेकाँही एक घण्टा मात्र बिद्वानहरूको गफ सुन्दा पनि दिमागमा थुप्रै तरँग उत्पन्न हुन्छन। अष्ट्रेलियाली परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान(AIIA) को सदस्य भएको हिसाबले हरेक हप्ता हुने छलफल मध्ये मनपर्नेमा भाग लिइरहेको हुन्छु। आज चाँही अमेरिकी राष्ट्रपतिमा जो बाईडेन आएपछी बिश्व र अष्ट्रेलियामा के हुन्छ त? भन्ने छलफल सबा एकघण्टा सुनियो।

अष्ट्रेलियन नागरिक भएपनि अमेरिकी स्टेट डिपार्टमेन्टमा काम गरेका पूर्व सैनिक अधिकारी र रणनितीक बिशेषज्ञ डा डेभिड किलकुलेन र अष्ट्रेलियाली प्राध्यापकहरू रिचार्ड आइरन र अलस्टर रफको कुरा सुन्दा मजै आयो तर डा किलकुलेनको एक एक बाक्य निकै स्वादिलो अनभब भो। एकघण्टा मात्र गफ सुनेको दिमागले यति कुरा ट्याप्पै टिप्यो।

#आजको टेकवे के त?

१.अष्ट्रेलिया चीन बिच ब्यापारिक मात्र होइन कुटनितिक र रणनितीक द्वन्द्व झन बढिरहेकोछ। अब पनि अष्ट्रेलिया देश अमेरिकाको मात्र भर पर्ने हो भने वा आँफै चीन सँग मुकाबिला नगर्ने हो भने बाईडेन आए पनि अष्ट्रेलियालाई ठुलै समस्या पर्नेछ वा बाईडेन हरपल अष्ट्रेलियाको पछाडी उभिन मुस्किल छ। रणनीतिक मात्र होइन भौगोलिक कारण पनि छ।

२. जसरी गएको बर्ष अष्ट्रेलियाले आगामी १० बर्षको लागी सुरक्षा रणनिती बनायो २ सय बिलियन भन्दा बढी रकम छुट्यायो त्यो साह्रै प्रसँसनिय काम थियो। सुरक्षा रणनिती डकुमेन्ट वा हरेक एक दुई बर्षमा सुरक्षा ह्वाईट पेपर जारी गर्दै नजाने हो भने वा यि मामिलामा अष्ट्रेलिया आँफै आत्मनिर्भर हुँदै नजाने हो भने चीनले अझै हैरान पार्दै जानेछ।

३ अमेरिकाले बाईडेनको पालामा जुन निती लिन्छ त्यसमा बाहिर हल्ला गरिए जस्तो अमेरिकी काँग्रेस र सिनेटमा बाईपार्टिशन पोलिटिकल कल्चर कायम रहन्न। उदाहरण ट्रम्प बिरूद्द महाभियोग पास पनि भएन र ट्रम्प वाला अमेरिकी राष्ट्रबाद रिपब्लिकन भित्र ज्यूँदै छ, त्यसको अर्थ बाईडेनका आगामी दुई बर्ष गएको दश बर्ष यताकै कठिन समय हुनेछ।

४.बाहिरबाट हेर्दा रँग र बर्णको आधारमा कमला ह्यारिसलाई उपराष्ट्रपति बनाइए जस्तो देखिए पनि पद सम्हाले यता निकै कम बोलिरहेकी भए पनि ह्यरिस निकै क्विक लर्नर र शार्प छन भन्ने देखिन आएको छ। जसले बाईडेनलाई फाइदा नै हुनेछ।

४.बाईडेन सत्तामा आएपछी ईरान भन्दा पनि ताइवान अमरिकी चासोमा रहन्छ। हङकङमा अब हुने केही स्वतन्त्रता बादीहरू बिरूद्दको अदालती ट्रायल कस्तो हुने भन्ने कुराले हङकङको प्रजातान्त्रिक भबिश्य निर्धारण गर्छ। सायद हङकङको अस्तित्व सँकटमा छ त्यसैले पनि ताइवान तर्फबाट अमेरिकी रिईन्फोर्समेन्ट उजागर हुन सक्छ।

५.बाहिर हल्ला गरिए जस्तो ईरान अमेरिकाको लागी कन्भेन्सनल्ली खतरा हुने छैन बरू अमरिकी अलाईहरू इजरायल र साउदी अरब माथि इरानको चुनौती झन थपिने छ।

६.बाहिरबाट हेर्दा ओबामाले ईरानसँग गरेको आणविक डिल ट्रम्पले उल्ट्याएर बिभिन्न देशबाट अमेरिकी शैनिक फिर्ता बोलाएर खर्च र युद्धबाट जोगाए जस्तो देखिए पनि ट्रम्पले अमेरिकालाई शक्तिशाली कायमै राखिरहन भन्दा रणनितीक रूपमा शक्ति सन्तुलनमा ढलिमली गरिरहने अमेरिकी लाइन भन्दा रकमी फाइदा वा पैसा वा ब्यापारिक हिसाबले देश र बिदेश नितीलाई अगाडी बढाए जसले अमेरिकालाई बिश्वसामु कमजोर बनाएको छ। बाईडेनलाई अमेरिकालाई त्यो अबस्थामा ल्याउन यो दुई बर्ष सम्भब छैन किनकी दुबै सदन बहुमत पुगे पनि रिपब्लिकनले भाँजो हालिरहने छन। उदारहण रिपब्लिकन पार्टीले चलाएको टेक्सस राज्यमा यो हप्ताको प्रकोपमा राज्य सरकारले माखो मारेन। मान्छे काठिएर मरे बिजुली पानी रोकियो राज्य सरकार चुप बस्यो डेमोक्रेटको केन्द्रीय सरकार निरिह भएको छ।

७. अष्ट्रेलिया आत्मनिर्भर हुन नसकिरहेका बेला करेसामै रहेको पुरानो अष्ट्रेलियाको ठुलो भाग अहिलेको पपुवा न्यूगिनी नामको देशमा पनि चिनियाँ बिकासे मोडल पुल पुलेसा बाटोघाटो सँरचनात्मक बिकास र लगानीलाई काउन्टर गर्ने क्षमता पनि अष्ट्रेलियालाई जुटाउन गार्हो छ।

८.हावापानी परिवर्तन र बिश्व मन्चहरूमा अमेरिका वा बाईडेनको लाइन नसमात्ने बित्तिकै अष्ट्रेलियालाई अमेरिकाले बिच्चैमा अलपत्र छोडिदिन सक्छ किनभने अहिलेको अमेरिकी सरकार र अष्ट्रेलियाको लिबरल नेशनल कोलिएशन बिच सैद्धांतिक भिन्नता गहिरो छ। बरू लेबर सँग डेमोक्रेटको निती मेल खान्छ।

९.भारत र चीन बिच बेलाबेलामा द्वन्द्व जस्तो देखिए पनि चीनले भारतलाई धेरै तलै छोडिसकेको भनाईको आशय यि बिद्वानहरूको देखियो। त्यसैले भारतलाई जगाउनु अष्ट्रेलियाको कर्तब्य हुनेछ। तर त्यसो भैरहेको छैन र भारत आँफैमा अलमलिएको अबस्थामा छ।

१०.प्याशिफिक क्षेत्रमा अष्ट्रेलिया नरम दयालु सहयोगी हुनुको बिकल्प छैन, जस्तो न्युजिल्यान्डले त्यो भूमिका निभाएको छ तर बिगतमा यि देशहरूले जुन हिसाबले अष्ट्रेलियाको आडभरोसा खोजिरहेका छन त्यो पाइरहेका छैनन। मतलब त्यहाँ पनि चीनको प्रबेश सहज भएको छ।

११.अन्तिममा रणनितीक रूपमा आँफै आत्मनिर्भर हुँदै जाने सुरक्षा लगायतका सबै अबयबमा लगानी बढाउँदै जाने र पश्चिमी अलायन्सलाई अझ सशक्त बनाउन नलाग्ने भए बाईडेन सरकार आएपनि अष्ट्रेलियालाई चीनले असिनपसिन पारिरहने छ। जस्तो अहिले ब्यापार ठप्पै र एकतर्फी जस्तै बनाइदिएको छ चीनले।

१२.चीन र अष्ट्रेलियाका नेताहरूको बोलचाल बन्द जस्तै भएको डेढ बर्ष हुन लागिसक्यो सम्बन्ध सुध्रिनु त कता कता प्रधानमन्त्री मरिसनले भिक्टोरिया राज्य र चीन बिच को बिआरआई उल्ट्याई दिने स्थिती बनेको छ।

१३.आशा छ अष्ट्रेलियाले आफ्नो अस्तित्व बिश्व सामु बरकरार राख्न र आगामी आठ दश बर्षमा एउटा शक्तिशाली देश हुन प्रशान्त क्षेत्र मात्र होइन दक्षिण र दक्षिण पूर्बी एशिया वा हामी जस्ता साना मसिना र कमजोर देश तर्फबाट पनि दोहोरो सम्बन्धमा बढावा दिन जरूरी छ। शक्तिशाली पश्चिमी अलायन्सलाई त त्यसैपनि मजबुत बनाउन परिगो।